वैदेशिक रोजगार विभाग पुगे श्रममन्त्री
भन्छन्– सेवाग्रहीले राम्रो सेवा पाएनन्, सुधार्नुस्

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् ।
आइतबार काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासो बुझ्न र समस्या समाधानका लागि ढिलो नगर्न विभागलाई निर्देशन दिएका हुन् ।
आफूले अनुगमनका क्रममा विभागका कर्मचारीहरुले पीडितको समस्या समाधानमा चासो नदेखाएको पाएको भन्दै विभागका कर्मचारीहरुले कार्यशैलीमा सुधार गर्न पनि उनले निर्देशन दिए ।
विभागका महानिर्देशक लगायतका कर्मचारीहरुलाई निर्देशन दिदैँ उनले पीडितहरु आउँदा समयमा उनीहरुलाई रेस्पोन्स गरिदिन आग्रह गरे ।
‘सचिवज्यू र म अहिले आएर हेर्दाखेरी तपाईहरुको कर्मचारीबाट त्यो चिज हामीले पाइएन भनेपछि सेवाग्राहीलाई पक्कैपनि यहाँ सेवा राम्रोसँग पाएको छैन भन्ने हामीलाई लाग्यो । यसलाई सुधार्नुस् ।’– मन्त्री श्रेष्ठले भने ।
विभागको अनुगमनपछि मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशीने श्रमिकहरुलाई सहजीकरण गर्नका लागि केही दिनमै श्रमिक सहायता कक्ष सञ्चालन हुने जानकारी दिएका छन् ।

















मध्यपूर्वको तनावका कारण नेपाल, युएई र ओमानबीचको लिग-२ को सिरिज स्थगित
सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन
मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा
टिकटकर रतन कार्की प्रहरीको नियन्त्रणमा
निर्वाचनकाे दिन कतै पनि वर्षा नहुने
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया