अबरुद्ध संसद खुलाउनेबारेमा सभामुख र कानुनमन्त्रीबीच छलफल
नियमसंगत संसद सञ्चालन गर्ने सहमति

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र कानुन, न्याय तथा संघीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुबीच भेटवार्ता भएको छ ।
लामो समयदेखि अबरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठकलाई सुचारु गर्नका लागि सभामुख सापकोटा र कानून मन्त्री वडुबीच भेटवार्ता भएको हो ।
‘कानून मन्त्री संसद सचिवालयमा आउनु भएको थियो, सभामुख र कानूनमन्त्रीकाबीच अबरुद्ध संसद सुचारु गर्ने बिषयमा छलफल केन्द्रित थियो ।’– सभामुखका प्रेसबिज्ञ श्रीधर न्यौपानले बताए ।
संसदमा छलफलको वातावरण नभएको कुरा सभामुखले राख्दैँ त्यसका लागि वातावरण बनाउन सरकार र राजनीतिक दल दुवैले भुमिका खेल्नु प¥यो भन्ने सन्देश सरकारलाई पठाएको न्यौपानेले बताए ।
उनका अनुसार अबरुद्ध संसद खुलाउन सरकारले पहल गर्ने र सभामुखले पनि नियमसंगत संसद सञ्चालन गर्ने बिषयमा दुवै पक्षबीच सहमति भएको छ ।
अपरान्ह संसद सचिवालय पुगेका कानून मन्त्री बडुले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई टेबुल गर्न आग्रह गरे पनि संसद सचिवालयले भने त्यसवारेमा स्पष्ट जानकारी दिएको छैन ।













माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
यी हुन् एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया