अबरुद्ध संसद खुलाउनेबारेमा सभामुख र कानुनमन्त्रीबीच छलफल
नियमसंगत संसद सञ्चालन गर्ने सहमति

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र कानुन, न्याय तथा संघीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुबीच भेटवार्ता भएको छ ।
लामो समयदेखि अबरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठकलाई सुचारु गर्नका लागि सभामुख सापकोटा र कानून मन्त्री वडुबीच भेटवार्ता भएको हो ।
‘कानून मन्त्री संसद सचिवालयमा आउनु भएको थियो, सभामुख र कानूनमन्त्रीकाबीच अबरुद्ध संसद सुचारु गर्ने बिषयमा छलफल केन्द्रित थियो ।’– सभामुखका प्रेसबिज्ञ श्रीधर न्यौपानले बताए ।
संसदमा छलफलको वातावरण नभएको कुरा सभामुखले राख्दैँ त्यसका लागि वातावरण बनाउन सरकार र राजनीतिक दल दुवैले भुमिका खेल्नु प¥यो भन्ने सन्देश सरकारलाई पठाएको न्यौपानेले बताए ।
उनका अनुसार अबरुद्ध संसद खुलाउन सरकारले पहल गर्ने र सभामुखले पनि नियमसंगत संसद सञ्चालन गर्ने बिषयमा दुवै पक्षबीच सहमति भएको छ ।
अपरान्ह संसद सचिवालय पुगेका कानून मन्त्री बडुले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई टेबुल गर्न आग्रह गरे पनि संसद सचिवालयले भने त्यसवारेमा स्पष्ट जानकारी दिएको छैन ।

















मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तनाव कम गर्न आह्वान
उदयपुरको त्रियुगा नदीमा झोलुङगे पुल निर्माण
पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो
अष्ट्रेलियाको तेल सुरक्षा रणनीति: घरेलु कारखाना अनुदानमा संशोधन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया