शुक्रबार, चैत ६, २०८२

हिउँ खेल्न जाँदा हराएका पाँच जनाको उद्धार

मेरोन्यूज २०७८ माघ २४ गते १२:३२

काठमाडौँ । चन्द्रागिरिमा हिउँ खेलेर फर्किंदा हराएका पाँच जनाको चन्द्रागिरी जंगलबाट गएराति उद्धार गरेको छ । चन्द्रागिरी डाँडामा सोमबार हिउँ खेल्न गएका चन्द्रागिरी नगरपालिका ६ महादेवस्थान बस्ने एकै परिवारका २३ वर्षीया रिता गुरुङ, १५ वर्षीया सौभाग्य गुरुङ, १३ वर्षीय सहज गुरुङ, ११ वर्षीया जेनिसा गुरुङ र ७ वर्षीय एरविन गुरुङको प्रहरीले उद्धार गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार हिउँ खेल्न गएका उनीहरू फर्कने क्रममा हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ खोजीमा महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप तथा विपद् व्यवस्थापन गुल्म सामाखुसीबाट संयुक्त प्रहरीको टोली खटिएको थियो । लगातार पाँच घण्टाको खोजी पश्चात उनीहरूलाई फेला पारी सकुशल उद्धार गरिएको हो ।

उनीहरूलाई स्वास्थ्य परीक्षण गराई आफन्तको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया