हिउँ खेल्न जाँदा हराएका पाँच जनाको उद्धार
काठमाडौँ । चन्द्रागिरिमा हिउँ खेलेर फर्किंदा हराएका पाँच जनाको चन्द्रागिरी जंगलबाट गएराति उद्धार गरेको छ । चन्द्रागिरी डाँडामा सोमबार हिउँ खेल्न गएका चन्द्रागिरी नगरपालिका ६ महादेवस्थान बस्ने एकै परिवारका २३ वर्षीया रिता गुरुङ, १५ वर्षीया सौभाग्य गुरुङ, १३ वर्षीय सहज गुरुङ, ११ वर्षीया जेनिसा गुरुङ र ७ वर्षीय एरविन गुरुङको प्रहरीले उद्धार गरेको हो ।
आइतबार हिउँ खेल्न गएका उनीहरू फर्कने क्रममा हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ खोजीमा महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप तथा विपद् व्यवस्थापन गुल्म सामाखुसीबाट संयुक्त प्रहरीको टोली खटिएको थियो । लगातार पाँच घण्टाको खोजी पश्चात उनीहरूलाई फेला पारी सकुशल उद्धार गरिएको हो ।
उनीहरूलाई स्वास्थ्य परीक्षण गराई आफन्तको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रतिक्रिया