शुक्रबार, चैत ६, २०८२

मौज्दात खोपको विवरण सार्वजनिक गर्न ६ जिल्ला र १०९ स्थानीय तहलाई मन्त्रालयको निर्देशन

मेरोन्यूज २०७८ माघ २४ गते १७:०५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभिलेख सार्वजनिक नगर्ने ६ जिल्ला र एक सय नौ स्थानीय सरकारलाई तत्काल मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यसअघि मन्त्रालयले २१ माघसम्ममा सातै प्रदेश, ७७ वटै जिल्ला र स्थानीय तहहरूलाई मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो ।

सो निर्देशनअनुसार सातै प्रदेश, ७१ जिल्ला तथा ६४४ स्थानीय तहले विवरण उपलब्ध गराएका थिए । तर, हालसम्म विवरण प्रविष्ट गर्न ६ जिल्ला र एक सय नौ स्थानीय तहलाई खोपको मौज्दात यथाशिघ्र अनिवार्य रुपमा प्रविष्ट गर्न निर्देशन दिएको हो ।

कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा छानबिन गर्न गठित समितिको पहिलो बैठकको निर्णयअनुसार कोभिड–१९ विरुद्धको खोपको मौज्दात र कोभिड–१९ विरुद्धको खोपलगायका सबै व्यक्तिहरूको विवरण डिएचआइएस–२ प्रणालीमा प्रविष्ट गर्न सार्वजनिक सूचना जारी भएको थियो ।

साथै प्रयोगमा आउन सक्ने खोपको बाँकी मात्रा एकिन गरी छानबिन प्रक्रियालाई सम्पन्न गर्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहले २१ माघ २०७८ सम्ममा प्राप्त खोपको मात्रा तथा म्याद गुज्री वा अन्य कुनै कारणबश क्षति भई प्रयोग गर्न नमिल्ने खोपको मात्राको विवरण समेत २६ माघ २०७८ बुधवार दिउँसो ३ देखि ४ बजे भित्रमा प्रविष्ट गर्न दोस्रो पटक सूचना जारी गरेको हो ।

प्रतिक्रिया