लाजपूर्जा माग्दै सुकुम्बासीहरु सडकमा (भिडियोसहित)
काठमाडौं । बसोवासको आधारमा लालपुर्जा दिनुपर्ने माग गर्दै सुकुम्बासीहरु सडक आन्दोलनमा उत्रिएका छन् ।
बसोवासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै सोमबार सुकुम्बासीहरुले काठमाडौंको माइतीघरमण्डलादेखि बिजुलीबजारसम्म ¥याली निकालेका हुन् ।
सोमबार संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले बसोवासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।
कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष कुमार कार्कीले बसोवासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्पबिनाको उठिवास सदाका लागि बन्द गर्न सम्बन्धित निकायलाई दबाबमूलक ध्यानाकर्षण ¥याली गरेको बताए ।
उनले एउटा सरकारले लालपुर्जा दिन फर्म भर्ने, अर्को सरकार उठिवासको सूचना टाँस्दै हिँडेकोले सरकारको द्वेतचरित्रको बिरुद्धमा ध्यानाकर्षण गराएको बताए ।
अध्यक्ष कार्कीले अधिकार प्राप्तिको निम्ति प्रदर्शन गर्दा प्रशासनले छेक्ने काम गरेको आरोपसमेत लगाए ।
उनले सरकारले सुकुम्बासीहरुका झुपडी भत्काउने काम गरेकोले त्यसतर्फ ध्यानाकर्षण गराएको र राजनीतिक दलहरुले आफ्नो घोषणापत्रमा भने बमोजिम सुकुम्बासीका समस्या समाधान गर्नुपर्ने बताए ।
अध्यक्ष कार्कीले सरकारले सुकुम्बासीहरुको समस्या तत्काल सम्बोधन नगरे देशभर प्रदर्शन गर्ने चेतावनी समेत दिए ।















‘उज्यालो नेपाल अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने’
कुनै डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन : वरिष्ठतम् न्यायाधीश मल्ल
विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै
मौसम धुम्म भइन्जेल सचेत रहन आग्रह
निर्वाचन सफल गरेकामा नेपाललाई इजरायलको बधाई
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्रतिक्रिया