सरकारको निर्णयप्रति नेकपा एसको विरोध

काठमाडौँ । सरकारले सोमबार साँझ स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै नेपाली कांग्रेस र नेकपा एमालेले त्यसको स्वागत गरेका छन् । प्रमुख प्रतिपक्षी दलले समेत स्वागत गरेको अवस्थामा सत्तारुढ नेकपा एकीकृत समाजवादीले वैशाख ३० मा स्थानीय चुनाव गर्ने सरकारको निर्णय संविधानविपरीत भएको जनाएको छ ।
पार्टीका महासचिव डा. बेदुराम भुसालले निर्वाचन घोषणा गर्दा संविधान मिचिएको भन्दै विरोध गरेका हुन् । ‘निर्वाचित जनप्रतिनीधिहरुले आफूलाई अन्याय भयो भनेर अदालत गएमा के हुन्छ भन्न सकिन्न’, महासचिव भूषालले भने ।
उनका अनुसार तीन चरणमा निर्वाचन भएका कारण पछिल्लो मितिमा निर्वाचित भएका जनप्रतिनिधिलाई अन्याय भएकाले उनीहरु अदालमा जान सक्छन् । ‘तपाई आफै भन्नुस न २०७४ साल असार १४ र असोज २ गते भएको निर्वाचनको मितिलाई ध्यान दिनुस् उनीहरुले आफूलाई अन्याय भएको महसुससहित अदालत जान सक्छन्’, महासचिव भूषालले भने ।
सत्ता गठबन्धनकै दल नेकपा माओवादी केन्द्रले भने यो विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन । तर, सरकारमा रहेको अर्को घटक एस पार्टीले हलुका विरोध गरेको छ । प्रधानमन्त्रीय पद्धतिमा सरकारको विरोध गरेर सरकारमै रहने अवस्था निकै कम हुन्छ । तर, सरकारमै भएको एस पार्टीले स्थानीय तहको निर्वाचन घोषणालाई विरोधाभाष अभिव्यक्ति दिएको छ ।
स्थानीय तहको निर्वाचनको घोषणा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संविधान र कानुनअनुसार निर्वाचन मिति घोषणा भएको दाबी गरेका थिए । सरकारका प्रवक्ताको र एस पार्टीका महासचिवको धारणा भने बाझिएको छ ।
निर्वाचनको मिति घोषणापूर्व नेकपा माओवादी केन्द्र र एस पार्टी दुवैले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत मात्रै गर्ने प्रस्ताव गरेका थिए । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दबाब र स्वंय कांग्रेसको समेत चाहानाका कारण स्थानीय तहको निर्वाचन मिति सोमबार घोषणा भएको थियो ।
एमसीसीबारे अहमति राखिरहेका माओवादी केन्द्र र एस पार्टीले स्थानीय तहको निर्वाचनको मिति घोषणालाई अदालतमा मुद्दा दायर गराएर अवरोध गर्ने संकेतसमेत गरेका छन् । आफूहरु नदेखिने तर निकट रहेका वकिलहरुलाई सर्वोच्चमा मुद्दा दायर गरेर केही समय रोक्ने योजनामा रहेको हुन कि भन्ने आशंका उब्जाएको छ ।

















निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
PM Karki visits Janaki Temple, pays homage
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया