मंगलबार, पुष १५, २०८२

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

मेरोन्यूज २०७८ माघ २५ गते १३:४७

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक मंगलबार दिउँसो बस्ने भएको छ । पदाधिकारीको बैठक केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । आजको बैठक सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पदाधिकारीहरूसँग अनौपचारिक रुपमा छलफल गर्न लागेका हुन् । कार्यसम्पादन समितिको बैठकको तयारीका लागि मंगलबार पदाधिकारी बैठक बस्न लागेको सहमहामन्त्री जीवन परियारले बताए ।

बिहीबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक देउवाले बोलाएका छन् । उक्त छलफल अहिले साढे २ बजेबाट सुरु हुने सह- महामन्त्री भिष्मराज आङदाम्बेले बताए ।

कार्यसम्पादन समिति बैठकमा म्याद समाप्त भएका भ्रातृ एवम् शुभेच्छुक संस्थाहरू र जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका बारेमा छलफल गर्ने एजेन्डा छन् ।

प्रतिक्रिया