कांग्रेस पदाधिकारी बैठक आज बस्दै
मेरोन्यूज
२०७८ माघ २५ गते १३:४७

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक मंगलबार दिउँसो बस्ने भएको छ । पदाधिकारीको बैठक केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । आजको बैठक सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पदाधिकारीहरूसँग अनौपचारिक रुपमा छलफल गर्न लागेका हुन् । कार्यसम्पादन समितिको बैठकको तयारीका लागि मंगलबार पदाधिकारी बैठक बस्न लागेको सहमहामन्त्री जीवन परियारले बताए ।
बिहीबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक देउवाले बोलाएका छन् । उक्त छलफल अहिले साढे २ बजेबाट सुरु हुने सह- महामन्त्री भिष्मराज आङदाम्बेले बताए ।
कार्यसम्पादन समिति बैठकमा म्याद समाप्त भएका भ्रातृ एवम् शुभेच्छुक संस्थाहरू र जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका बारेमा छलफल गर्ने एजेन्डा छन् ।
सम्बन्धित
















वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया