सरकारीस्तरबाट पहिलो पटक जनयुद्ध दिवस मनाइँदै
मधेश प्रदेश सरकारले जनयुद्ध दिवस मनाउने, सार्वजनिक विदा दिने निर्णय

जनकपुर । फागनु १ गते मधेश प्रदेश सरकारले जनयुद्ध दिवस मनाउने भएको छ । जनयुद्ध दिवसका अवसर पारेर मधेस सरकारले सार्वजनिक विदा पनि दिने भएको छ ।
तत्कालीन विद्रोही नेकपा (माओवादी) ले सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झानामा प्रदेश सरकारले दिवस मनाउने र सर्वाजनिक विदा दिने निर्णय गरेको हो ।
२७ औं जनयुद्ध दिवस मनाउन लागेको मधेशका मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए।
तीन वर्षदेखि माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको प्रदेश सरकारले पहिलो पटक जनयुद्ध दिवस मनाउने निर्णय गरेको हो।
मधेस प्रदेशमा मात्र होइन माओवादीले सरकार नेतृत्व गरेको सुदूरपश्चिममा पनि सरकारले अहिलेसम्म जनयुद्ध दिवस मनाएका छैनन्। यसअघि माओवादीको नेतृत्वमा केन्द्रीय सरकार हुँदा पनि सरकारीस्तरमा जनयुद्ध दिवस मनाइएको थिएन।
मुख्यमन्त्री राउतले नेपालमा गणतन्त्र आउनु र अहिलेका परिवर्तन हुनुमा माओवादी जनयुद्धको ठूलो भूमिका रहेकाले जनयुद्ध दिवस मनाउन लागिएको बताए।
‘गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताजस्ता जे-जति उपलब्धी भएका छन् ती सबैमा जनआन्दोलन, मधेश आन्दोलन र जनयुद्धको भूमिका छ। यसलाई बचाउनका लागि अहिले त यसको महत्व झनै बढेको छ,’ राउतले भने।
















अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ सदस्य इरानलाई हस्तान्तरण
वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध
शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया