हृदयश त्रिपाठीद्वारा नयाँ दल दर्ताका लागि निवेदन, यी हुन् पदाधिकारी
मेरोन्यूज
२०७८ माघ २८ गते २०:४८

काठमाडौं । सूर्य चुनाव चिह्नबाट गत संघीय संसदको चुनावमा जित हातपारेका हृदयश त्रिपाठीले नयाँ दल दर्ताको लागि निवेदन दिएका छन् ।
उनले आफ्नो अध्यक्षतामा जनता प्रगतिशील पार्टी नेपाल दर्ताका लागि निर्वाच आयोगमा निवेदन दिएका हुन् । दल दर्ताका लागि त्रिपाठीले शुक्रबार निर्वाचन आयोगमा निवदेन दिएका छन् ।
उक्त पार्टीका महासचिव ईश्वरदयाल मिश्रका अनुसार पार्टीको विधान, घोषणापत्र लगायत कार्यसमिति सदस्यको हस्ताक्षर र अन्य कागजातसहित दल दर्ताको निवेदन दिएका छन् । ३० सदस्यीय कार्यसमितिमा रहेका १५ जनाले सनाखतसमेत गरेका छन् भने अन्यले आइतबार गर्ने उनको भनाइ छ ।
जनता प्रगतिशील पार्टीको वरिष्ठ उपाध्यक्षमा डा शिवजी यादव र तीनजना उपाध्यक्षमा हर्कलाल सिंहराजवंशी, मोहम्मद साविर हुसैन र फरहान अकवाल खाँ छन् । महासचिवमा मिश्रका साथै डा भरतकुमार थापा रहेका छन् ।
सम्बन्धित
















सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
इरान अमेरिका तनाव बढ्दा तेल मूल्य उकालो, शेयर बजार ओरालो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया