सभामुखसँग काग्रेसको विवाद चुलियो, राज्य व्यवस्था समितिको बैठकनै रोकियो

काठमाडौं । अमेरिकी अनुदान सम्झौता एमसीसी संसदमा टेवुल गर्न सभामुखले आनाकानी गरिरहेको भन्दै सभामुखसँग कांग्रेसको पछिल्लो समय विवाद वढन थालेको छ । त्यही क्रममा थप समस्या अहिले सभामुख र कांग्रेसका वीचमा देखिन थालेको छ ।
कांग्र्रेस र सभामुखका वीचमा वढेको द्धन्द्धकै कारण शुक्रवारका लागि तय भईसकेको संसदको प्रभावशाली मानिने राज्य ब्यवस्था तथा सुशासन समितिको बैठक नै स्थगित हुन पुगेको बताईएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको हस्तक्षेपपछि संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको कांग्रेसले आरोप लगाएको छ ।
शुक्रबार ११ बजेका लागि बोलाइएको बैठक सभामुखको हस्तक्षेपका कारण रोकिएको कांग्रेसको आरोप छ ।
मुलुकको सुरक्षा व्यवस्था, सार्वजनिक प्रशासन, स्वच्छ निर्वाचन, संवैधानिक आयोगहरुको प्रभावकारिता तथा शान्ति प्रकृयासंग सम्बन्धित निकायका क्रियाकलापहरुलाई संसदीय निगरानी गर्ने राज्य व्यवस्था समितिअहिले सभापति विहीन अवस्थामा रहेको छ ।
माओवादीको भागमा परेको समितिको सभापति शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बनेसँगै सभापति खाली भएपछि गत बुधबारको बैठकले जेष्ठताका आधारमा कांग्रेस सांसद देवेन्द्रराज कँडेलले अध्यक्षता गर्ने गरी आजका लागि बैठक बोलाइएको थियो ।
ुबुधबारको बैठकबाट जेष्ठ सदस्यको नताले देवेन्द्रराज कँडेललाई सभापति चयन गरिएको थियोु जसपा सांसद राजकिशोर यादवले भने ।
वैशाख ३० गतेका लागि तय भएको निर्वाचनको विषयमा निर्वाचन आयोगसँग छलफल गर्ने तय भएको बैठकमा सहभागी हुनका लागि समितिकी सचिव बविता मिश्रले पत्रसमेत लेखेकी थिइन् तर सापकोटाले हस्तक्षेप गर्दा बैठक रोकिएको आशंका कांग्रेसले गरेको छ ।
ुसमिति माओवादीको भागमा रहेका भए पनि कतै कांग्रेसको हातमा जाने त होइन भन्ने त्रासमा सभामुखले बैठकमा हस्तक्षेप गरेु कांग्रेसका एक सांसदले भने ।
सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र बहुमतप्राप्त सदस्य सभापति निर्वाचित हुने व्यवस्था रहेको छ ।














चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
प्रतिक्रिया