एमसीसीबारे गम्भीर छलफल गर्न माग गर्दै भीम रावलले लेखे ओलीलाई पत्र
मेरोन्यूज
२०७८ फागुन २ गते १८:३९

काठमाडौं । नेकपा एमाले नेता तथा सांसद डा. भीमबहादुर रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन् ।
उनले एमसीसीका विषयमा पार्टीभित्र गम्भीर छलफल गरिनुपर्ने माग राख्दै पत्र लेखेका हुन् ।
उनले पत्रमा एमसीसीका कैयौ प्रवधानहरू नेपालको सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता, स्वाभिमान, नेपालको संविधान र कानुन विपरित रहेको दाबी गरेका छन् । त्यसैले यस विषयमा गहन छलफल हुनुपर्ने बताएका छन् ।
आज बसेको पार्टीको संसदीय दलको बैठकमा रावलले उक्त माग गरेका हुन् । उनले आजको बैठकमा आफूले महाअभियोग लागेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोक्न नहुने कुरा राखेको पनि उल्लेख गरेका छन् ।
जनताको गम्भीर चासो र सरोकारको विषयमा पार्टीले नजरअन्दाज गर्न नहुने नेता रावलको टिप्पणी छ ।

सम्बन्धित
















सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
Finance Minister Wagle conveys positive outlook for forthcoming budget
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया