सर्वदलीय बैठक
एमसीसीबारे लचिलो भए सभामुख सापकोटा
भन्छन्– दलहरुबीच सहमति भए एमसीसी रोक्दिन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीबारे लचिलो बनेका छन् ।
सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा उनले दलहरुबीच सहमति भएमा एमसीसी अघि बढाउने बताए ।
सर्वदलीय बैठकमा भने सभामुख सापकोटाले दलहरुबीच सहमति भए आफूले एमसीसी नरोक्ने स्पष्ट गरे । तर दलहरुबीच सहमति हुनुपर्ने उनको भनाई थियो ।
उनले संसदमा आफू अम्पायर मात्रै रहेको उल्लेख गरे । एमसीसी संसदमा टेबल हुनै नदिएर सभामुख सापकोटाले संसद बैठक स्थगित गर्दै आएको आरोप लाग्दै आएको थियो ।
सर्वदलीय बैठकमा नेताहरुबीच एमसीसी र संसद्को अवरोध खुलाउने विषयमा छलफल भएको थियो ।
सोमबारको बैठक विशेष भएको र संसद्को अवरोध हटाउने विषयमा नेताहरूले पहल गर्ने पनि उनले उल्लेख गरे ।
प्रमुख प्रतिपक्ष दल एमालेलाई समेत सहमतिमा ल्याएर संसद सूचारु गराउन सरकार र सत्तारुढ दलहरुले गम्भिर पहल गर्ने महत्वपूर्ण सहमति गरिएको सभामुख सापकोटाले जानकारी दिए ।
संसदमा विचाराधिन नागरिकतासँग सम्बन्धित विधेयक, हवाई उडानसँग सम्बन्धित विधेयकलगायतका जनसरोकारका विधेयकहरु पारित हुने वातावरण बनाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र दलका नेताहरुको ध्यानाकर्षण गराइएको उनले बताए ।
सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भने अनुपस्थिति रहेको थियो ।
सभामुख सापकोटाले अब संसद् सुचारु हुने पनि विश्वास ब्यक्त गरेका छन् । पछिल्लो समय सत्ता गठबन्धन दलहरुले प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरामाथि महाअभियोग लगाएपछि राष्ट्रिय राजनीति पेचिलो बनेको छ ।
प्रधानन्यायाधीसमाथि महाभियोग लगाएपछि एमालेले सर्वोच्चका चार न्यायाधीस र सभामुखमाथि महाभियोग लगाउन सक्ने चर्चा चलिरहँदा सभामुख सापकोटा एमसीसीप्रति लचिलो बनेका छन् ।
















सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
Finance Minister Wagle conveys positive outlook for forthcoming budget
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
प्रतिक्रिया