ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश
मेरोन्यूज
२०७८ फागुन ३ गते २०:२६

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
भ्रष्टाचारविरुद्धको अभियान चलाउँदै आएका शाहीले पछिल्लो समय हाम्रो नेपाल, हाम्रो नेपाली अभियान सञ्चालन गर्दै आएका थिए । सोही अभियानकातर्फबाट उनी अमेरिकी सहयोग परियोजना एमसीसीकाविरुद्धमा आन्दोलनमा थिए ।
मंगलबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले शाही नेतृत्वको ‘हाम्रो नेपाल, हाम्रो नेपाली अभियान’लाई पार्टीमा समाहित गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
समान विचार भएका अन्य दलसँग पार्टी एकताका लागि गठित महामन्त्री धवल शमशेर राणा नेतृत्वको वार्ता समितिले सो अभियानसँग एकता गर्ने प्रस्ताव बैठकमा राखेको थियो ।
सम्बन्धित
















आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया