मधेश प्रदेशमा बन्दको प्रभाव शून्य
मेरोन्यूज
२०७८ फागुन ४ गते १५:४८

जनकपुर । विभिन्न ६ दल र दुई मोर्चाले एमसीसीको विरोधमा नेपाल बन्द आह्वान गरे पनि मधेश प्रदेशका यसको प्रभाव परेको छैन । प्रदेशको राजधानी जनकपुरधामका हाटबजारहरू बिहानैदेखि खुला छन् भने शिक्षण संस्थाहरू निस्फिक्रीसँग खुलेका छन् ।
पूर्वपश्चिम राजमार्गमा सवारीसाधन निर्वाध चलेका छन् भने सबै कलकारखाना, पसलसमेत बिहानैदेखि खुलेका छन् । उद्योग कलकारखनाहरू अन्य दिन जस्तै संचालनमा छन् ।
धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायत जिल्लामा पनि समान्य अवस्था रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । धनुषा जिल्लामा कतै कुनै प्रकारले बन्दको असर नपरेको अन्य दिन जस्तै अवस्था समान्य रहेको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए । उनले बन्दको आह्वान गरिएकोले ठाँउठाँउमा सुरक्षाकर्मी परिचालन गरेको बताए ।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया