मधेश प्रदेशमा बन्दको प्रभाव शून्य
मेरोन्यूज
२०७८ फागुन ४ गते १५:४८

जनकपुर । विभिन्न ६ दल र दुई मोर्चाले एमसीसीको विरोधमा नेपाल बन्द आह्वान गरे पनि मधेश प्रदेशका यसको प्रभाव परेको छैन । प्रदेशको राजधानी जनकपुरधामका हाटबजारहरू बिहानैदेखि खुला छन् भने शिक्षण संस्थाहरू निस्फिक्रीसँग खुलेका छन् ।
पूर्वपश्चिम राजमार्गमा सवारीसाधन निर्वाध चलेका छन् भने सबै कलकारखाना, पसलसमेत बिहानैदेखि खुलेका छन् । उद्योग कलकारखनाहरू अन्य दिन जस्तै संचालनमा छन् ।
धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायत जिल्लामा पनि समान्य अवस्था रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । धनुषा जिल्लामा कतै कुनै प्रकारले बन्दको असर नपरेको अन्य दिन जस्तै अवस्था समान्य रहेको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए । उनले बन्दको आह्वान गरिएकोले ठाँउठाँउमा सुरक्षाकर्मी परिचालन गरेको बताए ।
सम्बन्धित
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया