बिहीबार, वैशाख २४, २०८३

सिंहदरबारमा माओवादी र एकीकृत समाजवादी छलफलमा

गठबन्धन दलको बैठकमा प्रस्तुत हुने रणनीतिका विषयमा छलफल केन्द्रीत

मेरोन्यूज २०७८ फागुन ५ गते १४:५५

Advertisement
NiccNicc

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौताले सत्ता गठबन्धनमै संकट देखा परेपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु सिंहदरवारमा आन्तरिक छलफलमा जुटेका छन् ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा दुवै पार्टीका शीर्ष नेतासहित थप केही सांसदहरु पनि आन्तरिक छलफलमा बसेका हुन् । छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका नेताहरु छन् । दुवै पार्टी यथास्थितीमा एमसीसीको विपक्षमा छन् ।


सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको आजै साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा एमसीसीका विषयमा निर्णायक छलफल हुँदैछ । त्यस अगाडी गठबन्धन दलमा प्रस्तुत हुने रणनीतिका विषयमा यी दुइृ दलका शीर्ष नेताहरु आन्तरिक छलफलमा बसेका हुन् । प्रधानमन्त्री तथा प्रधानमन्त्रीको दल नेपाली कांग्रेस भोलिको संसद बैठकमा जसरी पनि एमसीसी संसदमा टेबल गर्न चाहान्छ । उसले हिजो बुधबारको बैठकमै एमससिी संसदमा टेबल गर्न चाहेको थियो ।

तर माओवादी केन्द्र र समाजवादी यथास्थितीमा संसदमा लैजान नहुने पक्षमा छ । माओवादी केन्द्रले संसदमा यथास्थितीमा सम्झौता अनुमोदनका लागि लगे आफुहरु सरकारवाट वाहिरिने निर्णय पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठक देखि संसदीय दलको बैठकसम्मवाट निर्णय गरेपछि प्रधानमन्त्री सत्ता गठबन्धन दलको बैठक बोलाउन तयार भएका हुन ।

गठबन्धनको सम्भवतः एमसीसीका विषयलाइ लिएर छलफल गर्ने यो निर्णायक र अन्तिम बैठक हुन सक्छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादी दुवै पार्टीका जनवर्गीय संगठनहरु एमसीसीको विरोधमा सडक संघर्षमा समेत जुटिसकेका छन् ।
बालुवाटबारमा गठबन्धन दलको आजको छलफलमा प्रधानमन्त्री एमसीसीका सावलमा सकभर राष्टिय सहमति, नभए गठबन्धनमा सहमति, सम्झौताका कतिपय वुँदामा संशोधन र संसदमा लानु अगाडी एमालेको संसदमा जारी अवरोध हटाउनु पर्ने माओवादीको मागमा सकारात्मक नबने र जर्वजस्त भोलिको संसद बैठकमा एमसीसी टेबल गर्न चाहे माओवादी केन्द्र सरकारबाट वाहिरिने छ ।

यही विषयमा दुई पार्टीका सांसदहरुको साझा धारणा बनाउन अहिले माओवादी दलको कार्यलयमा दुवै पार्टीका शीर्ष नेताहरुको छलफल भईरहेको हो ।

प्रतिक्रिया