राष्ट्रिय सहमति नभइ एमसीसी टेबल गर्न मिल्दैन : देवप्रसाद गुरुङ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले दलहरूबीच राष्ट्रिय सहमति नभइ सदनमा एमसीसी पेस गर्ने कार्यसूची आएको भन्दै विरोध जनाएका छन् । उनले माओवादी केन्द्रका प्रमुख सचेतकका रुपमा संसदमा वोल्दै एमसीसीलाई कार्यसूची बनाएको भन्दै आपत्ति प्रकट गरे । उनले सदन अवरुद्ध भएको अवस्थामा एमसीसी पेस गर्ने कार्यसूची रहेको भन्दै त्यसमा ध्यानाकर्षण भएको बताए ।
‘सदन अवरुद्ध भएको अवस्थामा सदन सुचारु हुँदैन भन्ने मान्यता छ, यो लोकतान्त्रिक विधि र मान्यता पनि हो । कुनै पनि एजेन्डा र छलफल कार्यसूची प्रस्तुत गर्न पाइँदैन । गएको छ महिनादेखि धेरै विधेयकहरू पाइपलाइनमा छन्, कुनै पनि विधेयकमा छलफल भएको छैन,’ उनले भने ।
उनले एमसीसी सम्झौता संविधान र सन्धि ऐनसँग समेत मेल नखाने गरी एउटा आर्थिक सहयोग सम्झौता संसद्बाट अनुमोदन गराउन नमिल्ने बताए ।
‘एमसीसीमा गम्भीर प्रकारका राष्ट्रियहित प्रतिकूल प्रावधानहरू छन्, यसमा संशोधन गर्नुपर्छ, अनिमात्रै प्रक्रिया अघि बढाउन सकिन्छ भनेर हाम्रो पार्टीको धारणा छ,’ उनले भने ।
















कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया