एमसीसी संसदमा टेबल भएपछि एमाले आन्तरिक छलफलमा
मेरोन्यूज
२०७८ फागुन ८ गते १९:२२

काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ ।
एमालेको संसद अवरोधकैबीच आइतबार सरकारले विवादित एमसीसी प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेश गरेको हो ।
एमालेले नवौं अधिवेशनदेखि नै आफूले कारबाही गरेका १४ सांसदलाई निलम्बन गर्नुपर्ने माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेको विरोधबीच राष्ट्रिय महत्वको प्रस्ताव संसदमा टेबल गरिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका छन् ।
अध्यक्ष ओलीसँगको छलफलमा नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु सहभागी छन् ।
सम्बन्धित














प्रतिनिससभा निर्वाचन : प्रत्यक्षतर्फ यस्तो छ कास्कीमा उम्मेदवारी मनोनयनको दर्ता कार्यतालिका
एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने
आगलागीले निस्सासिएकी वृद्धाको उद्धार
कहाँकहाँ स्थापना भए काठमाडौँका निर्वाचन कार्यालय ?
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
प्रतिक्रिया