एमसीसी जबर्जस्ती संसदमा पेस भएको भन्दै माओवादीको ध्यानाकर्षण
महराले निकाले विज्ञप्ति

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले एमसीसी जबर्जस्ती प्रतिनिधिसभामा पेस भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले विज्ञप्ति जारी गर्दै एमसीसी जबर्जस्ती प्रतिनिधिसभामा पेस भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
महराले सरकारले विवाद र विरोधकाबीच एमसीसी सम्झौता पेस गरेको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
’सत्तारुढ गठबन्धनमा हाम्रो पार्टीको तर्फबाट स्पष्ट रुपमा संसदमा पेस नगर्न आग्रह गर्दा पनि सरकारले जबर्जस्ती एमसीसी सम्झौता अघि बढाउन खोजेपछि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको तर्फबाट लिखित असहमति जाहेर गरिएको छ’ महराले पूर्व सभामुखको रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’ देशको स्वाधीनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विषयमा दलहरुबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारुढ दलभित्रै एकरुपता नहुँदा नहुँदै जबर्जस्ती प्रतिनिधि सभामा पेस भएको घटनाप्रति हाम्रो गम्भीर आपत्ति छ ।’
एमसीसी सम्झौता संसदमा पेस गर्नुहुन्न भन्दै सडकमा उत्रिएका विभिन्न दलसम्बद्ध नेता, कार्यकर्ता, स्वतन्त्र रुपमा आन्दोलनमा सहभागी नागरिकहरुमाथि भएको प्रहरी दमन एवं धरपकडको उनले बिरोध गरेका छन् । साथै आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण आन्दोलनकारीहरुको उपचारको उचित प्रबन्ध तथा उपचार खर्च व्यहोर्न सरकारसँग माग गरेका छन् ।

















Gold, silver prices go up
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प
चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया