माग पूरा नभए एमसीसी अनुमोदन हुन दिँदैनौँ : एमाले

काठमाडौँ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा संसदबाट अनुमोदन गर्न नदिने बताएका छन् । उनले संसदमा एमालले राखेको माग पूरा नगरेसम्म यथास्थितिमा एमसीसी पारित गर्न नदिने बताएका हुन् ।
एमालेले राखेको माग सम्बोधनबिना हुने संसदको कार्य सूचीमा सहभागी नहुने उनले बताए । एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जनाको सांसदबाट पदमुक्त नगरेसम्म एमालेले संसदमा अवरोध कायमै राख्ने भन्दै उनले यसबीचमा बैठकमा पेस हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने बताए ।
आफूहरूको माग सम्बोधन भएपछि एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्ने भन्ने विषयमा एमालेले निर्णय गर्ने प्रमुख सचेतक भट्टराईले बताए । ‘संसदमा निकास निस्किएपछि मात्र सदनमा टेबुल भएको एमसीसीको सम्बन्धमा निर्णय लिन्छौँ,’ उनले भने ।
एमालेले संसद सचिवालयमा एमसीसी दर्ता गराए पनि कांग्रेस र नेकपा माओवादी केन्द्रले कार्यान्वयनका लागि सम्झौता गरेकाले एमालेको भूमिका कम हुने उनले बताए । एमसीसीभन्दा आफूहरूले राखेको माग ठूलो भएकाले पहिला माग सम्बोधनमा सभामुखले ध्यान दिनु पर्ने उनको जिकिर थियो ।
प्रमुख प्रतिपक्षी दल एमाले एमसीसीको समर्थन वा विरोधमा खुलेर बोलेको छैन । आइतबार संसद बैठकमा एमालेको विरोधकै बीच एमसीसी टेबुल भएको थियो । सोही क्रममा एमाले नेता भिम रावलले संसदमा आफ्नो भनाई प्रस्तुत गरेका थिए ।












राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दाे वातावरण छ : आयोग
दाङमा बस दुर्घटना हुँदा ८ जना घाइते, ३ को अवस्था गम्भीर
कारागारमा ज्यान गुमाएका चौधरीको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय
फेकनको १५ औँ वार्षिक साधारण सभा सम्पन्न
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
प्रतिक्रिया