भीम रावललाई के गर्ला एमालेले ?
संसदीय दलको स्वीकृतिबिना संसदमा रावलको सम्वोधन, एमालेले जनायो सभामुखसँग आपत्ति

काठमाडौं । सामान्यतयाः संसदीय परम्परा भनेको कुनै सांसदले सून्य समयमा वाहेक अन्य वेला संसदमा बोल्न चाहेमा सम्वन्धित दलको स्वीकृत लिएर मात्र बोल्न पाउने नियम हुन्छ । तर सरकारले संसदमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कमप्याक्ट सम्झौता सदनमा टेबल गराउने कार्यसूची राख्दा एमालेका सांसद भीम रावलले संसदीय दलको सवीकृत बिनै सदनमा ५ मिनेट लामो सम्वोधन गरेका छन् ।
घटना हिजो आइतबारको हो ।
रावलको दल एमालेले विगत १६५ दिन भन्दा लामो समय देखि निरन्तर संसद अवरोध गरिरहेको छ । पार्टीले दलीय कारवाही गरेका माधव नेपाल सहित १४ सांसदलाई सभामुखले कारवाही नगरेको र सभामुखले पूर्वाग्रही ढंगले काम गरेको भन्दै एमालेले की कारवाही गरेका सांसदलाई हटाउनु पर्ने की सभामुख हटनुपर्ने शर्तवन्दीसहित निरन्तर संसद अवरोध गरिरहेको छ ।
एमालेले आफुलाई आफनो मागको सम्वोधन नभएसम्म संसदीय प्रक्रियामै सहभागी नहुने र विरोधमा बोलिरहने बताएको छ । तर आइतबार संसदमा विचित्रको एउटा दृश्य देखा परयो । त्यो हो – एमालेका सांसदहरु संसदीय प्रक्रिया नै नमान्ने निर्णयका आधारमा संसदको काम कारवाहीमा अवरोध गर्ने भन्दै वेल घेराउ र नारावाजीमा सदाझै उत्रिए । तर एमालेकै सांसद भीम रावल भने आफु बस्ने कुर्सीमा बसेर सभामुखसँग समय लिएर एमसीसीका बारेमा धारणा राखे ।
रावलले त्यसरी वोल्दा सामान्यता सदको स्वीकृत लिएर बोल्नुपर्ने हुन्थ्यो । तर उनले संसदीय दलको स्वीकृत विना आइतबार संसदमा बोलेको एमालेले बताएको छ । संसदमा दलको प्रतिनिधिले बोल्दा संसदीय दलको नेता, उपनेता वा प्रमुख सचेतकलाई थाहा हुनुपर्ने भए पनि रावलले आइतबारको बैठकमा संसदीय दलको स्वीकृतिबिना बोलेको एमाले संसदीय दलले जनाएको छ ।
संसदमा एमसीसी कार्यसूचीमा चढेको विरोधमा शुरुमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले दलको तर्फबाट धारणा राखेका थिए । त्यसपछि रावलले बोलेका हुन् । रावल पछि नेमकिपाका प्रेम सुवाल र त्यसपछि राष्टिय जनमोर्चाकी दुर्गा पौडेलले धारणा राखेकी थिइन् । यी चारै नेताले सदनमा एमसीसी कार्यसूची नै बनाउन नहुने भन्दै एमसीसी सम्झौताको विरोध जनाएका थिए ।
एमाले सदनमा वेल घेराउ र नारावाजीमा उत्रने तर एमालेकै सांसदले आफनो टेवलबाट सभामुख सँग समय लिएर एमसीसीको विरोध गर्दा एमालेले संसदीय प्रक्रियामा भाग लिएको अर्थ लाग्छ । एकातिर सांसदहरु विरोधमा वेल गराउ र नारावाजी गर्ने र अर्काेतिर रावलले समय लिएर बोल्ने काम गर्दा एमालेमाथी पनि दोहोरो चरित्र देखाएको आरोप लागेको छ ।
रावललाई अगाडी सारेर यसलाई एमालेको दोहोरो चरित्र छ भनेर प्रमाणित गराउन रावललाई शिखण्डी तयार पारेको आरोप एमालेले उक्त घटनापछि लगाएको छ । त्यसो हो भने अव भीम रावललाई एमालेले के गर्ला त ? एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले मेरोन्यूजसँग भनिन्,– ‘हामीसँग अनुमति लिएर उहाँले बोल्नुभएको छैन । स्वभाविक रुपमा त्यक्ति महत्वपूर्ण विषयमा धारणा राख्दा उहाँ एमालेको पनि सांसद भएकोले एमाले संसदीय दलको अनुमतिमा मात्रै बोल्नुपर्दथ्यो । त्यसमाथी हामी आफना केही माग सहित आन्दोलनमा छौ । यस्तो बेला हाम्रो सांसदले प्रक्रियामा सहभागी भएर वोल्ने भन्ने नै हुँदैन ।’

हामी आन्दोलनमा छौं, हाम्रो सांसदले प्रक्रियामा सहभागी भएर बोल्ने कुरा नै गलत हुन्छ
– शान्ता चौधरी, सचेतक, एमाले संसदीय दल
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भटटराईले भने यस विषयमा आफुहरुले सभामुख अग्नि सापकोटासँग आपत्ति जनाएको मेरोन्यूुजलाई बताए । ‘उहाँलाई सभामुखले समय दिएर बोल्नुभएको हो । सिष्टमको कुरा गर्दा दलीय अनुमाति लिएरै बोल्ने कुरा हुन्छ । पार्टी दलले को बोल्ने भन्ने सांसदहरु छान्ने सिष्टम पनि हुन्छ । तर उहाँले बोल्नुभयो, बोलेको कुरा नराम्रो बोल्नुभएको छैन । उहाँ (भीम रावल) हाम्रो आन्दोलन र अवरोध तिर लाग्नु पर्ने थियो । उहाँ त्यतातिर नलागेर बोल्न तिर लाग्नुभयो । सभामुखले दलीय भागवन्डाका आधारमा दलले छानेका प्रतिनिधीलाई बोल्न दिनुपर्नेमा आफ्नै ढंगले बोल्न दिनुभयो । त्यसमा हामीले पछि सभामुखलाई आपत्ति पनि जनाएका छौं । यसमा अनुशासनको विषय पार्टीले बनाउँदैन ।’

सभामुखले दलीय भागवन्डाका आधारमा दलले छानेका प्रतिनिधीलाई बोल्न दिनुपर्नेमा आफ्नै ढंगले बोल्न दिनुभयो, यसमा आपत्ति जनाएका छौं ।
– विशाल भटटराई, प्रमुख सचेतक, एमाले संसदीय दल













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया