भीम रावललाई के गर्ला एमालेले ?
संसदीय दलको स्वीकृतिबिना संसदमा रावलको सम्वोधन, एमालेले जनायो सभामुखसँग आपत्ति

काठमाडौं । सामान्यतयाः संसदीय परम्परा भनेको कुनै सांसदले सून्य समयमा वाहेक अन्य वेला संसदमा बोल्न चाहेमा सम्वन्धित दलको स्वीकृत लिएर मात्र बोल्न पाउने नियम हुन्छ । तर सरकारले संसदमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कमप्याक्ट सम्झौता सदनमा टेबल गराउने कार्यसूची राख्दा एमालेका सांसद भीम रावलले संसदीय दलको सवीकृत बिनै सदनमा ५ मिनेट लामो सम्वोधन गरेका छन् ।
घटना हिजो आइतबारको हो ।
रावलको दल एमालेले विगत १६५ दिन भन्दा लामो समय देखि निरन्तर संसद अवरोध गरिरहेको छ । पार्टीले दलीय कारवाही गरेका माधव नेपाल सहित १४ सांसदलाई सभामुखले कारवाही नगरेको र सभामुखले पूर्वाग्रही ढंगले काम गरेको भन्दै एमालेले की कारवाही गरेका सांसदलाई हटाउनु पर्ने की सभामुख हटनुपर्ने शर्तवन्दीसहित निरन्तर संसद अवरोध गरिरहेको छ ।
एमालेले आफुलाई आफनो मागको सम्वोधन नभएसम्म संसदीय प्रक्रियामै सहभागी नहुने र विरोधमा बोलिरहने बताएको छ । तर आइतबार संसदमा विचित्रको एउटा दृश्य देखा परयो । त्यो हो – एमालेका सांसदहरु संसदीय प्रक्रिया नै नमान्ने निर्णयका आधारमा संसदको काम कारवाहीमा अवरोध गर्ने भन्दै वेल घेराउ र नारावाजीमा सदाझै उत्रिए । तर एमालेकै सांसद भीम रावल भने आफु बस्ने कुर्सीमा बसेर सभामुखसँग समय लिएर एमसीसीका बारेमा धारणा राखे ।
रावलले त्यसरी वोल्दा सामान्यता सदको स्वीकृत लिएर बोल्नुपर्ने हुन्थ्यो । तर उनले संसदीय दलको स्वीकृत विना आइतबार संसदमा बोलेको एमालेले बताएको छ । संसदमा दलको प्रतिनिधिले बोल्दा संसदीय दलको नेता, उपनेता वा प्रमुख सचेतकलाई थाहा हुनुपर्ने भए पनि रावलले आइतबारको बैठकमा संसदीय दलको स्वीकृतिबिना बोलेको एमाले संसदीय दलले जनाएको छ ।
संसदमा एमसीसी कार्यसूचीमा चढेको विरोधमा शुरुमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले दलको तर्फबाट धारणा राखेका थिए । त्यसपछि रावलले बोलेका हुन् । रावल पछि नेमकिपाका प्रेम सुवाल र त्यसपछि राष्टिय जनमोर्चाकी दुर्गा पौडेलले धारणा राखेकी थिइन् । यी चारै नेताले सदनमा एमसीसी कार्यसूची नै बनाउन नहुने भन्दै एमसीसी सम्झौताको विरोध जनाएका थिए ।
एमाले सदनमा वेल घेराउ र नारावाजीमा उत्रने तर एमालेकै सांसदले आफनो टेवलबाट सभामुख सँग समय लिएर एमसीसीको विरोध गर्दा एमालेले संसदीय प्रक्रियामा भाग लिएको अर्थ लाग्छ । एकातिर सांसदहरु विरोधमा वेल गराउ र नारावाजी गर्ने र अर्काेतिर रावलले समय लिएर बोल्ने काम गर्दा एमालेमाथी पनि दोहोरो चरित्र देखाएको आरोप लागेको छ ।
रावललाई अगाडी सारेर यसलाई एमालेको दोहोरो चरित्र छ भनेर प्रमाणित गराउन रावललाई शिखण्डी तयार पारेको आरोप एमालेले उक्त घटनापछि लगाएको छ । त्यसो हो भने अव भीम रावललाई एमालेले के गर्ला त ? एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले मेरोन्यूजसँग भनिन्,– ‘हामीसँग अनुमति लिएर उहाँले बोल्नुभएको छैन । स्वभाविक रुपमा त्यक्ति महत्वपूर्ण विषयमा धारणा राख्दा उहाँ एमालेको पनि सांसद भएकोले एमाले संसदीय दलको अनुमतिमा मात्रै बोल्नुपर्दथ्यो । त्यसमाथी हामी आफना केही माग सहित आन्दोलनमा छौ । यस्तो बेला हाम्रो सांसदले प्रक्रियामा सहभागी भएर वोल्ने भन्ने नै हुँदैन ।’

हामी आन्दोलनमा छौं, हाम्रो सांसदले प्रक्रियामा सहभागी भएर बोल्ने कुरा नै गलत हुन्छ
– शान्ता चौधरी, सचेतक, एमाले संसदीय दल
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भटटराईले भने यस विषयमा आफुहरुले सभामुख अग्नि सापकोटासँग आपत्ति जनाएको मेरोन्यूुजलाई बताए । ‘उहाँलाई सभामुखले समय दिएर बोल्नुभएको हो । सिष्टमको कुरा गर्दा दलीय अनुमाति लिएरै बोल्ने कुरा हुन्छ । पार्टी दलले को बोल्ने भन्ने सांसदहरु छान्ने सिष्टम पनि हुन्छ । तर उहाँले बोल्नुभयो, बोलेको कुरा नराम्रो बोल्नुभएको छैन । उहाँ (भीम रावल) हाम्रो आन्दोलन र अवरोध तिर लाग्नु पर्ने थियो । उहाँ त्यतातिर नलागेर बोल्न तिर लाग्नुभयो । सभामुखले दलीय भागवन्डाका आधारमा दलले छानेका प्रतिनिधीलाई बोल्न दिनुपर्नेमा आफ्नै ढंगले बोल्न दिनुभयो । त्यसमा हामीले पछि सभामुखलाई आपत्ति पनि जनाएका छौं । यसमा अनुशासनको विषय पार्टीले बनाउँदैन ।’

सभामुखले दलीय भागवन्डाका आधारमा दलले छानेका प्रतिनिधीलाई बोल्न दिनुपर्नेमा आफ्नै ढंगले बोल्न दिनुभयो, यसमा आपत्ति जनाएका छौं ।
– विशाल भटटराई, प्रमुख सचेतक, एमाले संसदीय दल
















२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार
C General Secretary urges govt to release Karki-led Commission’s report
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
यामाहाद्वारा नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक
म्याग्दीमा मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया