शुक्रबार, वैशाख २५, २०८३

प्रचण्ड र रामचन्द्र पौडेल वीच भेटवार्ता

मेरोन्यूज २०७८ फागुन ९ गते १५:२८


काठमाडौं । सत्ता गठबन्धन टिकाउने र एमसीसी पारित गराउने राणनीतिका साथ सत्ता गठबन्धन दलका नेतासाग सम्वाद शुरु गर्न खोजेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटवार्ता गरेका छन् ।

Advertisement
NiccNicc

माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा पौडेलले अहिले प्रचण्डसँग भेटवार्ता गरिरहेका छन् ।

पौडेलले सत्ता गठबन्धन दलका नेताहरु प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव र डा बाबुराम भटटराईलाई लगायतका नेतासँग भेटवार्ता गर्न खोजेका छन् । सत्ता गठबन्धन दलका उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका पौडेलले सवै दलका नेतालार्य सहमतिमा ल्याउने प्रयास स्वरुप भेटवार्ता गरेका हुन् ।

प्रतिक्रिया