आइतबार, पुष १३, २०८२

ढकाल वैदेशिक रोजगार ब्यवसायी संघको तदर्थ समिति संयोजक तोकिए

मेरोन्यूज २०७८ फागुन ९ गते १९:०९

काठमाडौं । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको साधारणसभा तथा निर्वाचन हुन नसकेपछि विमलप्रसाद ढकाललाई तदर्थ समिति संयोजक बनाइएको छ ।

समयभित्रै निर्वाचन सम्पन्न गर्न/गराउन ढकाललाई संयोजकका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको हो ।

खगोल ओभर्सिज प्रालिका सञ्चालक तथा संघका पूर्व अध्यक्ष बिमल ढकालको संयोजकत्वमा ९ सदस्य तदर्थ समिति गठन गरी साधारणसभा तथा निर्वाचन गर्ने निर्णय भई गत फागुन १ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र पठाइ अनुमति मागेको थियो ।

संघलाई छाता संगठन मान्दै आएका बैदेशिक रोजगार संघ, समाजवादी वैदेशिक राजेगार ब्यवसायी संघ, नेपाल बैदेशिक रोजगार ब्यवसायी गणतान्त्रिक मञ्च, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्यवसायी एशोसिएसन र एकीकृत वैदेशिक रोजगार ब्यवसायी संगठन नेपालसमेत सहमत भएकाले संस्थाको विधानअनुसार दैनिक कामकाज सञ्चालन गर्न गराउन भन्दै ढकाललाई संयोजक तोकिएको थियो ।

जिल्ला प्रशासन कार्यालयको सोमवारको निर्णयले समयभित्र निर्वाचन सम्पन्न पर्न पत्राचार गरिएको छ ।

प्रतिक्रिया