ढकाल वैदेशिक रोजगार ब्यवसायी संघको तदर्थ समिति संयोजक तोकिए

काठमाडौं । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको साधारणसभा तथा निर्वाचन हुन नसकेपछि विमलप्रसाद ढकाललाई तदर्थ समिति संयोजक बनाइएको छ ।
समयभित्रै निर्वाचन सम्पन्न गर्न/गराउन ढकाललाई संयोजकका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको हो ।
खगोल ओभर्सिज प्रालिका सञ्चालक तथा संघका पूर्व अध्यक्ष बिमल ढकालको संयोजकत्वमा ९ सदस्य तदर्थ समिति गठन गरी साधारणसभा तथा निर्वाचन गर्ने निर्णय भई गत फागुन १ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र पठाइ अनुमति मागेको थियो ।
संघलाई छाता संगठन मान्दै आएका बैदेशिक रोजगार संघ, समाजवादी वैदेशिक राजेगार ब्यवसायी संघ, नेपाल बैदेशिक रोजगार ब्यवसायी गणतान्त्रिक मञ्च, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्यवसायी एशोसिएसन र एकीकृत वैदेशिक रोजगार ब्यवसायी संगठन नेपालसमेत सहमत भएकाले संस्थाको विधानअनुसार दैनिक कामकाज सञ्चालन गर्न गराउन भन्दै ढकाललाई संयोजक तोकिएको थियो ।
जिल्ला प्रशासन कार्यालयको सोमवारको निर्णयले समयभित्र निर्वाचन सम्पन्न पर्न पत्राचार गरिएको छ ।

















सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
विश्व तापक्रम निरन्तर वृद्धि, समुद्री सतह लगातार बढ्दै
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया