नेपाल बैंकका कर्मचारीलाई बि.एण्ड बि हस्पिटलमा विशेष छुट

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारी एवं ग्राहकलाई काठमाडौँको बि.एण्ड बि. अस्पतालमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र अस्पतालबीच भएको सम्झौता बमोजिम बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको सेवामा लाग्ने शुल्कमा १५ प्रतिशत छुटलगायतको छुट हुने भएको हो ।
बि.एण्ड बि. अस्पताल ग्वार्को ललितपुरमा भएको उक्त सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रा.डा.अशोक कुमार बाँस्कोटा र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा अस्पतालका बाँस्कोटाले नेपाल बैंकका कर्मचारी एवं ग्राहकलाई न्यूनतम शुल्कमा उच्चस्तरिय सेवा दिन पाउँदा खुसी लागेको बताए ।
त्यसैगरी नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालको स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल अस्पतालसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।
















सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
Finance Minister Wagle conveys positive outlook for forthcoming budget
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया