निर्वाचनको मुखमा नयाँ पार्टी घोषणा
घोषणासभामा काँग्रेसका केन्द्रीय सदस्य खतिवडाको शुभकामना

काठमाडौं । निर्वाचन आयोगमा गत हप्ता दर्ता भएको सामाजिक एकता पार्टीको औपचारिक घोषणा भएको छ ।
मंगलवार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सीबी गहतराजको अध्यक्षतामा सामाजिक एकता पार्टी घोषणा भएको हो ।
घोषणासभामा बोल्दै पार्टीका अध्यक्ष गहतराजे पार्टीमा २१ जना पदाधिकारी रहेको र १५१ जना केन्द्रीय समिति सदस्य रहेको बताए । उनले पार्टीले एकताको सम्मान गरौँ समृद्ध नेपाल निर्माण गरौँ भन्ने मुल नारासहित पार्टी घोषणा भएको बताए ।
अध्यक्ष गहतराजले पार्टीले आफ्नो मान्यता र उद्देश्य कार्यकारी राष्ट्रपति र पारदर्शी सुशासन भ्रष्टाचार मुक्त नेपाल बोकेको बताए ।
घोषणासभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले नेपाली राजनीतिमा अहिले द्वेध चरित्रको विकास भइरहेको भन्दै यो परिपाटीलाई अन्त्य गर्नुपर्ने बताए । उनले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा फरक कुरा गरेर कहिल्यै पार्टी र राजनीतिको विकास नहुने बताए ।
केन्द्रीय सदस्य खतिवडाले नेपाली राजनीतिमा नेताहरुमा वचन र इमान्दारिताको खडेरी परेको उल्लेख गरे । उनले पार्टीमा नाता र परिवारलाई अधिकार सुम्पिने परिपाटीको अन्त्य गरेर अघि बढ्न पनि सामाजिक एकता पार्टीलाई शुभकामना दिए ।
















सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया