निर्वाचनको मुखमा नयाँ पार्टी घोषणा
घोषणासभामा काँग्रेसका केन्द्रीय सदस्य खतिवडाको शुभकामना

काठमाडौं । निर्वाचन आयोगमा गत हप्ता दर्ता भएको सामाजिक एकता पार्टीको औपचारिक घोषणा भएको छ ।
मंगलवार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सीबी गहतराजको अध्यक्षतामा सामाजिक एकता पार्टी घोषणा भएको हो ।
घोषणासभामा बोल्दै पार्टीका अध्यक्ष गहतराजे पार्टीमा २१ जना पदाधिकारी रहेको र १५१ जना केन्द्रीय समिति सदस्य रहेको बताए । उनले पार्टीले एकताको सम्मान गरौँ समृद्ध नेपाल निर्माण गरौँ भन्ने मुल नारासहित पार्टी घोषणा भएको बताए ।
अध्यक्ष गहतराजले पार्टीले आफ्नो मान्यता र उद्देश्य कार्यकारी राष्ट्रपति र पारदर्शी सुशासन भ्रष्टाचार मुक्त नेपाल बोकेको बताए ।
घोषणासभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले नेपाली राजनीतिमा अहिले द्वेध चरित्रको विकास भइरहेको भन्दै यो परिपाटीलाई अन्त्य गर्नुपर्ने बताए । उनले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा फरक कुरा गरेर कहिल्यै पार्टी र राजनीतिको विकास नहुने बताए ।
केन्द्रीय सदस्य खतिवडाले नेपाली राजनीतिमा नेताहरुमा वचन र इमान्दारिताको खडेरी परेको उल्लेख गरे । उनले पार्टीमा नाता र परिवारलाई अधिकार सुम्पिने परिपाटीको अन्त्य गरेर अघि बढ्न पनि सामाजिक एकता पार्टीलाई शुभकामना दिए ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
प्रतिक्रिया