एमसीसी दौड
प्रचण्ड, माधव र उपेन्द्रको एउटै मत
फागुन १२ गतेको माहोल हेरेर सरकारबारे निर्णय गर्ने

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारेमा सत्ता गठबन्धनमा रहेका तीन दलका शीर्ष नेताको एउटै मत देखिएको छ ।
आइतबार संसदमा पेश भएको एमसीसी प्रस्तावबारे निर्णय गर्न मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका थिए ।
माओवादी संसदीय दलको कार्यालयमा अपरान्ह भएको भेटघाटमा उनीहरुले सरकारबारेमा फागुन १२ गतेपछि मात्रै निर्णय गर्ने निश्कर्षमा पुगेका छन् ।
विरोधका बाबजुद एमसीसी टेबल भएको भन्दै सरकार छाड्नुपर्ने दबाब आइरहेकाबेला तीन दलका शीर्ष नेताहरु १२ गतेको माहोल हेरेर मात्रै सरकारबारे निर्णय गर्ने निश्कर्षमा पुगेका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मत हाल्ने निर्णय गरिसकेको छ भने जसपामा एकमत हुन सकेको छैन ।
सत्ता गठबन्धनलाई टिकाइ राख्न भन्दै एमसीसी सदनमा टेबल गर्न दिएका ती दलहरुले सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेपनि सरकार छाड्ने नछाड्ने अझै निर्णय गरेका छैनन् ।
एमसीसी टेबल गर्नबाट नरोकेका उनीहरुले आफूहरु एमसीसीको विपक्षमा रहे पनि सत्ता गठबन्धन टिकाइरहने योजनामा छन् । विहीबार १२ गते बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीबारे मत विभाजनको अवस्थामा एमसीसी प्रस्तावको विपक्षमा रहेमा नैतिकताका हिसाबले पनि सरकार छाड्नुपर्ने अवस्था रहन्छ ।
यसैबीच, एमसीसी प्रस्तावकै बारेमा छलफल गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न कांग्रेस नेता पूर्णबहादुर खड्कालाई पठाएका थिए ।
प्रधानमन्त्री देउवाको दूत भएर प्रचण्ड निवास खुमलटार पुगेका खड्काले सत्ता गठबन्धनलाई कायमै राख्नका लागि पनि एमसीसी पास गरेर अघि बढ्नुपर्नेमा जोड दिएको स्रोतको भनाइ छ ।
विहीबारको संसद बैठकमा एमसीसी पारित गराउन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरुदेखि नेपालस्थित अमेरिकी राजदूत र्याण्डी बेरीसम्मको दौड निकै चलिरहेको छ ।
आज अमेरिकी राजदूत बेरीसँगको भेटपछि आजै प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकाेट पुगेका छन् ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया