एमसीसीको विरोधमा काठमाडौंसहित देशैभर मशाल जुलुस प्रदर्शन

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा बुधबार बेलुका काठमाडौंसहित देशैभर मशाल जुलुस प्रदर्शन भएका छन् ।
काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा सत्तारुढ नेकपा माओवादी केन्द्रका विद्यार्थीहरुले मशाल जुलुस निकालेका थिए भने अन्य ठाउँमा नेकपा (विप्लव)सहित ६ कम्युनिस्ट पार्टीले मशाल जुलुस निकालेका छन् ।
काठमाडौंका छुट्टाछुट्टै पाँच ठाउँबाट मशाल जुलुस निकालेको एमसीसीविरुद्ध पाँच दिने आन्दोलन घोषणा गरेका विप्लव–वैद्यसहितका ६ दलले जनाएका छन् । ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले अहिले बेलुका काठमाडौं उपत्यकाको चावहिल, भक्तपुरको कमलविनायक, ललितपुरको लगनखेल, बागबजार र कलंकीमा मशाल जुलुस प्रदर्शन गरेका थिए ।
एमसीसीविरुद्ध नारा लगाउँदै मसाल जुलुस निकालिएको थियो ।
एमसीसी प्रस्ताव संसदमा टेबल गरी भोलिदेखि छलफल गरी अनुमोदन गराउन लागिएको भन्दै ६ कम्युनिस्ट पार्टीले आजदेखि ५ दिने आन्दोलन घोषणा गरेका छन् ।
आन्दोलनको कार्यक्रम अन्तर्गत आज बेलुका देशैभर मशाल जुलुस तथा भोलि देशभरको जिल्ला प्रशासन कार्यलय घेराउ तथा काठमाडौंमा संसद भवन घेराउको कार्यक्रम रहेको छ ।
आइतबार विरोधकाबीच प्रतिनिधिसभामा पेश गरिएको एमसीसी सम्झौता सम्बन्धि प्रस्तावमाथि भोलिदेखि छलफल हुँदैछ ।
विहीबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे छलफलको प्रस्ताव गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
















अवैध लागुऔषधसहित १३ जना पक्राउ
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया