शनिबार, वैशाख २६, २०८३

देव गुरुङले भने -‘एमसीसीको बारेमा गम्भिर छलफल गर्नुपछ’

मेरोन्यूज २०७८ फागुन १५ गते १५:१७

काठमाडौं । नेकपा माओवादीका नेता देब गुरुङले एमसीसीको बारेमा गम्भिर भएर छलफल गरेर मात्र अगाडी बढाउँनुपर्ने बताएका छन् ।

Advertisement
NiccNicc

आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा रोष्टरमा बोल्दै गुरुङले उनले एमसीसीका बारेमा आपति जनाएका हुन् । आर्थिक परियोजनाको नाममा गएमा गम्भिर क्षति हुने उनले बताए ।

उनलेभने‘एउटा आथिक परियोजनाका बारेमा चार दलका विषयमा के के छलफल भए त्या पनि अगाडी आउँनुपर्छ ।

नले नेपाल सरकारले ल्याएको संशोधनका बुँदाहरू एमसीए कम्पनीले स्वीकार गर्छ कि गर्दैन ? भनेर प्रश्न गरेका थिए ।

‘चार दलको बीचमा के–के बुँदामा संशोधन गर्ने सहमति भएको हो, माननीय मन्त्रीले ल्याएपछि त्यसलाई पनि छलफलमा ल्याइयोस्,” उनले भने, “त्यो बुँदा एमसीए कम्पनलीलाई स्वीकार हुन्छ कि हुँदैन त्यो पनि प्रष्ट पार्नुपर्छ ।’

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भने छलफलमा सहभागी भएन । एमालेले संसद् अवरोध जारी राखेको छ ।

प्रतिक्रिया