मंगलबार, माघ ६, २०८२

प्रतिनिधिसभाको दोस्रो बैठक सुरु, अर्थमन्त्रीद्वारा एमसीसीको १२ बुँदे व्याख्या प्रस्तुत

मेरोन्यूज २०७८ फागुन १५ गते १९:४९

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा एमसीसी अनुदानसम्बन्धी विस्तृत छलफल सुरू भएको हो ।

यसअघि आजै बसेको प्रतिनिधि सभाको पहिलो बैठकले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो ।

उक्त बैठकमा एमसिसीमाथि सैद्धान्तिक छलफल भएको थियो। सम्झौताको सैद्धान्तिक पक्षमा रहेर सांसद्हरूले धारणा राखेका थिए ।

एमसीसीलाई पारित गराउनका लागि आजै दोस्रो बैठक राखिएको हो ।

बैठक रोकेर मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले एमसीसीमा व्याख्यात्मक घोषणा पेस गर्ने निर्णय गरेको थियो ।

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषद बैठकले पेस गर्ने निर्णय गरेकोबारे सदनलाई जानकारी गराएका थिए । मन्त्री शर्माको प्रस्ताव संसदले स्वीकृत गरिसकेको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेको विरोध जारी रहेको छ । एमालेको नाराबाजीकाबीच दोस्रो बैठकमा छलफल शुरु भएको छ ।

प्रतिक्रिया