एमालेले थाल्यो निर्वाचन लक्षित कार्यक्रम

उदयपुर । नेकपा एमाले उदयपुरले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कार्यक्रम अघि सारेको छ ।
पार्टीले केन्द्रीय नेतृत्वको उपस्थितिमा आठवटै पालिका प्रशिक्षण कार्यक्रमको आयोजना गरी कार्यक्रम अघि सारेको हो ।
कार्यक्रममा नेताहरूले निर्वाचन केन्द्रित टोलसम्म कमिटी गठन, प्रशिक्षण, रचनात्मक कार्यक्रम, भेला तथा सचेतनामूलक कार्यक्रम तय गर्न निर्देश गरेबमोजिम एमालेले टोललाई लक्षित गरी कार्यक्रम अघि सारेको हो ।
हरेक निर्वाचनको पकेट क्षेत्र टोलवासी भएकाले टोल–टोलमा पुगेर कमिटी गठन, प्रशिक्षण, भेला लगायतका कार्यक्रम तय गरिएको जिल्ला सचिव तथा प्रचार विभाग प्रमुख कालु लामाले बताए ।
उनले भने, ‘पालिकास्तरीय कार्यक्रम भइसकेको क्षेत्रमा वडा तथा टोल लक्षित कार्यक्रम र सम्पन्न हुन बाँकी रहेका ठाउँमा योजना तयारी गरिसकेका छौँ ।’
कार्यक्रम अन्तर्गत त्रियुगा नगर कमिटीले वडा नं ११ स्थित शिवालय वरुवाधारमा दिपककुमार कार्कीको अध्यक्षतामा २१ सदस्य टोल कमिटी गठन र पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको वडा इन्चार्ज तथा त्रियुगा नगरपालिकाका वडासदस्य जीतबहादुर खड्काले बताए ।
कमिटीको उपाध्यक्षमा चन्द्र कार्की, सचिवमा रामचन्द्र खड्का, उपाध्यक्षमा लक्ष्मी कार्की र भक्तकुमारी विक लगायत छन् ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया