एमालेले थाल्यो निर्वाचन लक्षित कार्यक्रम

उदयपुर । नेकपा एमाले उदयपुरले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कार्यक्रम अघि सारेको छ ।
पार्टीले केन्द्रीय नेतृत्वको उपस्थितिमा आठवटै पालिका प्रशिक्षण कार्यक्रमको आयोजना गरी कार्यक्रम अघि सारेको हो ।
कार्यक्रममा नेताहरूले निर्वाचन केन्द्रित टोलसम्म कमिटी गठन, प्रशिक्षण, रचनात्मक कार्यक्रम, भेला तथा सचेतनामूलक कार्यक्रम तय गर्न निर्देश गरेबमोजिम एमालेले टोललाई लक्षित गरी कार्यक्रम अघि सारेको हो ।
हरेक निर्वाचनको पकेट क्षेत्र टोलवासी भएकाले टोल–टोलमा पुगेर कमिटी गठन, प्रशिक्षण, भेला लगायतका कार्यक्रम तय गरिएको जिल्ला सचिव तथा प्रचार विभाग प्रमुख कालु लामाले बताए ।
उनले भने, ‘पालिकास्तरीय कार्यक्रम भइसकेको क्षेत्रमा वडा तथा टोल लक्षित कार्यक्रम र सम्पन्न हुन बाँकी रहेका ठाउँमा योजना तयारी गरिसकेका छौँ ।’
कार्यक्रम अन्तर्गत त्रियुगा नगर कमिटीले वडा नं ११ स्थित शिवालय वरुवाधारमा दिपककुमार कार्कीको अध्यक्षतामा २१ सदस्य टोल कमिटी गठन र पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको वडा इन्चार्ज तथा त्रियुगा नगरपालिकाका वडासदस्य जीतबहादुर खड्काले बताए ।
कमिटीको उपाध्यक्षमा चन्द्र कार्की, सचिवमा रामचन्द्र खड्का, उपाध्यक्षमा लक्ष्मी कार्की र भक्तकुमारी विक लगायत छन् ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया