कांग्रेसको सांस्कृतिक संघ अध्यक्षविरुद्ध उजुरी

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघमा अध्यक्ष तीर्थ थापाले विधानविपरित कार्यसमिति विस्तार गरेको भन्दै बदरको माग गरिएको छ ।
सांस्कृतिक संघकै पूर्वसहमहामन्त्री र केन्द्रीय सदस्यहरूले नयाँ कार्यसमिति विस्तार गैरकानूनी भएको भन्दै छानबिन गरी आवश्यक कारवाहीको माग गरेका हुन् ।
अध्यक्ष थापाले गैरसांस्कृतिक र विधान बमोजिम योग्यता नपुगेका व्यक्तिहरूलाई संघमा मनोनयन गरेकोले छानविन गरी आवश्यक कारबाही गर्न भन्दै पूर्वमहामन्त्री कुलचन्द्र सुवेदी, पूर्वसहमहामन्त्री सुष्मा कार्कीसहित नौ जनाले पार्टी केन्द्रीय कार्यालयमा निवेदन दिएका छन् ।
अध्यक्ष थापाले विधानविपरीत कार्यसमिति विस्तार गरेको भन्दै बदर र कारबाहीको माग गर्दै निवेदन दिनेहरू संघका पूर्वकेन्द्रीय सदस्यहरू राजेन्द्र केसी, दिलीप गौतम, योगेन्द्र श्रेष्ठ, लिलाधर भट्टराई, टाइम कट्टेल, तारा भण्डारी र मदन थापा पनि छन् ।
थापाले विगत १६ वर्षदेखि संघमा एकलौटी ढंगले चल्दा आफुहरू अन्यायमा परेको भन्दै उनीहरूले निवेदन दर्ता गराएका हुन् ।
एकलौटी रुपमा सभापति रहेर थापाले एकाधिकार रुपमा संघको प्रस्तावना र भावनाविपरित कार्य गर्दै आएको निवेदनमा भनिएको छ ।
विधानले तोकेको समयवधि सकिएको एक वर्षपछि पनि मनोमानी ढंगले कार्यसमिति विस्तार गरेकाले आफुहरू अन्यायमा परेको भन्दै निवेदकहरूले न्यायको माग गरेका छन् ।
अध्यक्ष थापाले संघलाई खल्तीबाट चलाएको भन्दै उनीहरुले तत्काल विधानसम्मत ढंगले अधिवेशन गर्न माग गरेका छन् ।
















कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)
चुनावका लागि भारतले सरकारलाई दियो ६१ वटा गाडी
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया