माओवादीमा एमसीसी विवाद
प्रचण्डप्रति नारायणकाजीको तीव्र असन्तुष्टि
विवाद वढेपछि नारायणकाजी निवासमा पुगे प्रचण्ड, प्रचण्डलाई अनुशासन उल्लंघनमा कारवाही गर्नुपर्ने श्रेष्ठ समुहको माग

काठमाडौँ । पार्टी महाधिवेशनको निर्णय विपरित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदबाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी सम्झौता अनुमोदनको निर्णय लिएको भन्दै नेकपा (माओवादी केन्द्र)मा विवाद चर्किएको छ ।
अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नारयणजी श्रेष्ठका वीचमा विवाद चर्किएको हो । विवाद चर्किदा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमसीसी अनुमोदनका दिनलाई कालो दिनको रुपमा परिभाषित गदै संर्घषलाई निरन्तर जारी राख्न आह्रवान गरेका थिए । तर प्रचण्डले एमसीसी अनुमोदनले आफु खुसी भएको भन्दै यसले शान्ति प्रक्रिया र संविधानको रक्षा भएको टिप्पणी गरेका थिए ।
त्यक्तिमात्रै होइन, श्रेष्ठलाई उनी निकट नेताहरुले नयाँ ढंगले सोच्न दवाव वढाईरहेका छन् ।
प्रचण्डले भने महाकाली सन्धिका बेला बामदेव गौतमलार्इ जस्तै लोकप्रिय हुन्छ भने जसरी लागेको र पार्टी छाड्ने मन भए नरोक्ने मनसायको अभिव्यक्ति सोमबार आफ्नै निवासमा पत्रकाकरसम्मेलन गरेर ब्यक्त गरेका थिए ।
त्यसले माओवादी केन्द्रमा झन विवाद चर्किएको छ ।
श्रेष्ठले आफु पक्षका नेताहरुसँग भर्चुअल बैठक गरेर आफु निकट नेताहरुबाट आएको सुझाव समेतलाई लिएर अहिले अध्यक्ष प्रचण्डसँग आफ्नैै निवास हात्तिवनमा भेटवार्ता गरिरहेका छन् । प्रचण्ड आफै श्रेष्ठसँगको सम्वादका लागि श्रेष्ठ निवास हात्तिवन पुगेका हुन् ।
श्रेष्ठलाई उनका समुहका नेताहहरुले तत्कालै माओवादी केन्द्रको सदस्यवाट राजीनामा दिनुपर्ने, फागुन २० बाट बोलाईएको केन्द्रीय समिति बैठकमै समेत जान नहुने र नयाँ ढंगले पार्टी पूर्ननिर्माणमा लाग्नुपर्ने दवाव वढाईरहेका थिए ।
तर श्रेष्ठले पार्टीको बैठकमा जाने, त्यही आफना कुरा ब्यवस्थित रुपमा राख्ने र त्यहाँ राखिएका कुराको सम्वोधन के कति हुन्छ, त्यसलाई हेरेर मात्र आधिकारिक निर्णयमा पुग्ने आफु निकट नेताहरुलाई बताएका छन् ।
केन्द्रीय समितिमा श्रेष्ठ समुहले अध्यक्ष प्रचण्डमाथी महाधिवेशनको निर्णय उल्ल.घन गरेको आरोपमा अनुशासनको कारवाही गर्न माग गर्ने तयारी गरेको छ ।
माओवादीको केन्द्रीय समितिको बैठक फागुन २० देखि २२ गतेसम्म काठमाडौंमो राष्टियसभा गृहमा बस्दैछ ।
माओवादीको महाधिवेशनले यथास्थितीमा एमसीसी सम्झौता सदनबाट पारित गर्न नसक्ने निर्णय लिएको थियो ।
‘पार्टी महाधिवेशनको निर्णय विपरित अध्यक्षले एक् सदस्यीय कमिटिले एमसीसीका विषयमा निर्णय लिनुभएको छ, त्यो पार्टीको विधान, महाधिवेशनको निर्णय विपरित छ, अहिले नारायणकाजी श्रेष्ठ र प्रचण्डको वीचमा भेटवार्ता भईरहेको छ, केन्द्रीय समिति बैठकमा हामी अध्यक्षमाथी अनुशासनको कारवाहीकाके माग लिएर जान्छौं,’ माओवादी केन्द्रका लेखा आयोगका अध्यक्ष समेत रहेका पेशल खतिवडाले मेरोन्यूजलाई भने ।
श्रेष्ठ पक्षका गिरिराजमणि पोखरेल र अन्जना विंशंखेलेृ संसदको बैठकमा एमसीसीको विपक्षमा मत ब्यक्त गरेका थिए ।
श्रेष्ठ दुई दिन यता निरन्तर आफु निकटका नेताहरुसँग सम्वादमा छन् ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया