माओवादीमा एमसीसी विवाद
प्रचण्डप्रति नारायणकाजीको तीव्र असन्तुष्टि
विवाद वढेपछि नारायणकाजी निवासमा पुगे प्रचण्ड, प्रचण्डलाई अनुशासन उल्लंघनमा कारवाही गर्नुपर्ने श्रेष्ठ समुहको माग

काठमाडौँ । पार्टी महाधिवेशनको निर्णय विपरित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदबाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी सम्झौता अनुमोदनको निर्णय लिएको भन्दै नेकपा (माओवादी केन्द्र)मा विवाद चर्किएको छ ।
अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नारयणजी श्रेष्ठका वीचमा विवाद चर्किएको हो । विवाद चर्किदा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमसीसी अनुमोदनका दिनलाई कालो दिनको रुपमा परिभाषित गदै संर्घषलाई निरन्तर जारी राख्न आह्रवान गरेका थिए । तर प्रचण्डले एमसीसी अनुमोदनले आफु खुसी भएको भन्दै यसले शान्ति प्रक्रिया र संविधानको रक्षा भएको टिप्पणी गरेका थिए ।
त्यक्तिमात्रै होइन, श्रेष्ठलाई उनी निकट नेताहरुले नयाँ ढंगले सोच्न दवाव वढाईरहेका छन् ।
प्रचण्डले भने महाकाली सन्धिका बेला बामदेव गौतमलार्इ जस्तै लोकप्रिय हुन्छ भने जसरी लागेको र पार्टी छाड्ने मन भए नरोक्ने मनसायको अभिव्यक्ति सोमबार आफ्नै निवासमा पत्रकाकरसम्मेलन गरेर ब्यक्त गरेका थिए ।
त्यसले माओवादी केन्द्रमा झन विवाद चर्किएको छ ।
श्रेष्ठले आफु पक्षका नेताहरुसँग भर्चुअल बैठक गरेर आफु निकट नेताहरुबाट आएको सुझाव समेतलाई लिएर अहिले अध्यक्ष प्रचण्डसँग आफ्नैै निवास हात्तिवनमा भेटवार्ता गरिरहेका छन् । प्रचण्ड आफै श्रेष्ठसँगको सम्वादका लागि श्रेष्ठ निवास हात्तिवन पुगेका हुन् ।
श्रेष्ठलाई उनका समुहका नेताहहरुले तत्कालै माओवादी केन्द्रको सदस्यवाट राजीनामा दिनुपर्ने, फागुन २० बाट बोलाईएको केन्द्रीय समिति बैठकमै समेत जान नहुने र नयाँ ढंगले पार्टी पूर्ननिर्माणमा लाग्नुपर्ने दवाव वढाईरहेका थिए ।
तर श्रेष्ठले पार्टीको बैठकमा जाने, त्यही आफना कुरा ब्यवस्थित रुपमा राख्ने र त्यहाँ राखिएका कुराको सम्वोधन के कति हुन्छ, त्यसलाई हेरेर मात्र आधिकारिक निर्णयमा पुग्ने आफु निकट नेताहरुलाई बताएका छन् ।
केन्द्रीय समितिमा श्रेष्ठ समुहले अध्यक्ष प्रचण्डमाथी महाधिवेशनको निर्णय उल्ल.घन गरेको आरोपमा अनुशासनको कारवाही गर्न माग गर्ने तयारी गरेको छ ।
माओवादीको केन्द्रीय समितिको बैठक फागुन २० देखि २२ गतेसम्म काठमाडौंमो राष्टियसभा गृहमा बस्दैछ ।
माओवादीको महाधिवेशनले यथास्थितीमा एमसीसी सम्झौता सदनबाट पारित गर्न नसक्ने निर्णय लिएको थियो ।
‘पार्टी महाधिवेशनको निर्णय विपरित अध्यक्षले एक् सदस्यीय कमिटिले एमसीसीका विषयमा निर्णय लिनुभएको छ, त्यो पार्टीको विधान, महाधिवेशनको निर्णय विपरित छ, अहिले नारायणकाजी श्रेष्ठ र प्रचण्डको वीचमा भेटवार्ता भईरहेको छ, केन्द्रीय समिति बैठकमा हामी अध्यक्षमाथी अनुशासनको कारवाहीकाके माग लिएर जान्छौं,’ माओवादी केन्द्रका लेखा आयोगका अध्यक्ष समेत रहेका पेशल खतिवडाले मेरोन्यूजलाई भने ।
श्रेष्ठ पक्षका गिरिराजमणि पोखरेल र अन्जना विंशंखेलेृ संसदको बैठकमा एमसीसीको विपक्षमा मत ब्यक्त गरेका थिए ।
श्रेष्ठ दुई दिन यता निरन्तर आफु निकटका नेताहरुसँग सम्वादमा छन् ।















जीवनी हाेइन, इतिहास लेख्न राजनीतिमा आएकाे हुँ : रवि लामिछाने
जंगली च्याउ खाँदा झापामा ११ जना बिरामी
लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती
चितवनमा बिहे भोज खाएका ९३ जना बिरामी
७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
दार्चुलामा गयाे भूकम्प
प्रतिक्रिया