धादिङमा तीन सय रोपनीमा लगाइएको अफिम खेती नष्ट
मेरोन्यूज
२०७८ फागुन २० गते १५:३१

धादिङ,
धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ सिमटार, जरुङ र ब्रम्दी क्षेत्रमा लगाइएको अफिम खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
करिब ३ सय रोपनी जग्गामा लगाइएको अफिम बिहीबार नष्ट गरिएको प्रहरीले जनाएको हो ।
जिल्ला सुरक्षा समितिको बुधबारको निर्णय अनुसार ‘वस्ती वस्तीमा संयुक्त गस्ती’ अभियान अन्तर्गत उक्त अफिम नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङ, ईलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङबाट खटिएको संयुक्त टोलीले उक्त खेती नष्ट गरेको हो ।
साथै प्रहरीले बारीमा लुकाई राखिएको करिब ५० केजी गाँजा समेत जलाएर नष्ट गरेको छ ।
सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया