धादिङमा तीन सय रोपनीमा लगाइएको अफिम खेती नष्ट
मेरोन्यूज
२०७८ फागुन २० गते १५:३१

धादिङ,
धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ सिमटार, जरुङ र ब्रम्दी क्षेत्रमा लगाइएको अफिम खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
करिब ३ सय रोपनी जग्गामा लगाइएको अफिम बिहीबार नष्ट गरिएको प्रहरीले जनाएको हो ।
जिल्ला सुरक्षा समितिको बुधबारको निर्णय अनुसार ‘वस्ती वस्तीमा संयुक्त गस्ती’ अभियान अन्तर्गत उक्त अफिम नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङ, ईलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङबाट खटिएको संयुक्त टोलीले उक्त खेती नष्ट गरेको हो ।
साथै प्रहरीले बारीमा लुकाई राखिएको करिब ५० केजी गाँजा समेत जलाएर नष्ट गरेको छ ।
सम्बन्धित













माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
यी हुन् एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया