सशस्त्र प्रहरीमा ५ डिआईजी बढुवा सिफारिस
मेरोन्यूज
२०७८ फागुन २८ गते ११:२९
काठमाडौं । सशस्त्र प्रहरी बलमा पाँच जना एसएसपीहरु डीआईजी पदमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिको २७ फागुनको निर्णयअनुसार दुई जना प्राविधिक तर्फका सहित ५ जनालाई बढुवा सिफारिस गरिएको हो ।
सशस्त्रको साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको डीआईजी पदमा एसएसपीहरु विदुर खड्का, लक्ष्मण बहादुर सिंह र प्रदीपकुमार पाल सिफारिस भएका छन् ।

यस्तै, सशस्त्रको प्राविधिक समूह स्वास्थ्यतर्फ रिक्त रहेको प्राविधिक डीआईजीमा एसएसपी डा.रुपक महर्जनलाई बढुवाका लागि सिफारिस गरिएको छ ।

प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फ रिक्त रहेको प्राविधिक डीआईजी पदमा एसएसपी ई.सन्दीप थापा सिफारिस भएका छन् ।

सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया