सशस्त्र प्रहरीमा ५ डिआईजी बढुवा सिफारिस
मेरोन्यूज
२०७८ फागुन २८ गते ११:२९
काठमाडौं । सशस्त्र प्रहरी बलमा पाँच जना एसएसपीहरु डीआईजी पदमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिको २७ फागुनको निर्णयअनुसार दुई जना प्राविधिक तर्फका सहित ५ जनालाई बढुवा सिफारिस गरिएको हो ।
सशस्त्रको साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको डीआईजी पदमा एसएसपीहरु विदुर खड्का, लक्ष्मण बहादुर सिंह र प्रदीपकुमार पाल सिफारिस भएका छन् ।

यस्तै, सशस्त्रको प्राविधिक समूह स्वास्थ्यतर्फ रिक्त रहेको प्राविधिक डीआईजीमा एसएसपी डा.रुपक महर्जनलाई बढुवाका लागि सिफारिस गरिएको छ ।

प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फ रिक्त रहेको प्राविधिक डीआईजी पदमा एसएसपी ई.सन्दीप थापा सिफारिस भएका छन् ।

सम्बन्धित














निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिवद्वारा प्रहरीलाई निर्देशन
प्रधानमन्त्रीले गरिन् निर्वाचन आयोगका पदाधिकारीसँग छलफल
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
Thousands march in Greenland to support Arctic island in the face of Trump’s threats to take it over
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया