अवैध ६५ किलो गाँजासहित एक जना पक्राउ
मेरोन्यूज
२०७८ फागुन २८ गते १२:१४

काठमाडौं । प्रहरीले मोरङको केराबारीबाट ६५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनकुटा सहिदभूमि नगरपालिका-१ का ३१ वर्षीय दीपेश राई रहेका छन्।
को२३प ३८६१ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट गाँजा बरामद भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले बताए।
इलाका प्रहरी कार्यालय केराबारीको टोलीले राईलाई बिहीबार केराबारी गाउँपालिका-७ मुगुटोलबाट पक्राउ गरेको थियो।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट लागुऔषध कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको मुकारूङले बताए।
सम्बन्धित













३१ अंकले बढ्यो सेयर बजार
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
यी हुन् कर्णालीमा एमालेका उम्मेदवार
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया