अवैध ६५ किलो गाँजासहित एक जना पक्राउ
मेरोन्यूज
२०७८ फागुन २८ गते १२:१४

काठमाडौं । प्रहरीले मोरङको केराबारीबाट ६५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनकुटा सहिदभूमि नगरपालिका-१ का ३१ वर्षीय दीपेश राई रहेका छन्।
को२३प ३८६१ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट गाँजा बरामद भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले बताए।
इलाका प्रहरी कार्यालय केराबारीको टोलीले राईलाई बिहीबार केराबारी गाउँपालिका-७ मुगुटोलबाट पक्राउ गरेको थियो।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट लागुऔषध कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको मुकारूङले बताए।
सम्बन्धित
















‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
Demolition of illegal huts begins at Manohara
सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया