शुक्रबार, पुष १८, २०८२

बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लु फैलियो

मेरोन्यूज २०७८ चैत ९ गते २१:२६

काठमाडौँ । बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु फैलिएको छ ।

यी जिल्लाहरूमा ५८ हजार २६१ पन्छी, २२ हजार अन्डा र ११ हजार ४३९ केजी दाना नष्ट गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले संक्रमणबाट तीन करोड लगानी रुपैयाँमा क्षति पुगेको जनाएको छ । मन्त्रालयले संक्रमण तीव्र नियन्त्रण गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया