सन्दीप लामिछानेले बनाए विश्व कीर्तिमान
मेरोन्यूज
२०७८ चैत १२ गते १४:४१

काठमाडौँ । नेपाली क्रिकेटका कप्तान सन्दीप लामिछानेले कीर्तिमान कायम गरेका छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले आफ्नो ५० विकेट पूरा गरी कीर्तिमान राखेका हुन् ।
पपुवा न्यु गिनी (पीएनजी)विरुद्धको दोस्रो अन्तर्राष्ट्रिय क्रिकेट खेलमा उनी एक दिवसीयतर्फ ५० विकेट लिने पहिलो नेपाली खेलाडी बनेका हुन् ।
सन्दीपले कूल २२ खेल खेल्दै ५० विकेट पूरा गरेका हुन् । उनी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा चाडो ५० विकेट लिने दोस्रो खेलाडी बनेका छन् । पहिलो श्रीलंकाका अजन्था मेन्डिसले १९ खेलमा सबैभन्दा छिटो ५० विकेट लिएको कीर्तिमान रहेको छ ।
सम्बन्धित
















आज पनि सुनचाँदीको मूल्यमा कीर्तिमान, कतिमा हुँदैछ काराेेबार ?
HoR elections 39 days to go: Candidates’ personal details made public
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान मृत फेला
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया