चैत २५ देखि बैशाख १८ गतेसम्म टाइफाइड खोप अभियान देशभर सुरु हुँदै
१५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई टाईफाइड खोप

काठमाडौं । सरकारले बालबालिकालाई टाइफाईड रोगको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तगर्तको परिवार कल्याण महाशाखाका अनुसार १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई टाईफाईडको खोप दिने जनाएको छ ।
चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म देशैभरका बालबालिकाको लागि खोप दिने महाशाखाले जनाएकाे छ । नजिकैका खोप केन्द्रमा गएर टाईफाईडको खोप अनिर्वाय लगाउँन महाशाखाको अनुरोध छ ।
खोप लगाउँने मिति स्थानका बारेमा स्वास्थ्य संस्था, विद्यालय र वडा कार्यालयमा सम्पर्क सम्पर्क गर्न महाशाखाले जनाएको छ ।
यस खोप अभियान पश्चार्त नियमित खोप कार्यक्रममै यो खोप समाबेश गरिनेछ भने १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाईफाईड खोप दिईने महाशाखाले जनाएको छ ।
टाइफाइड खाद्यपदार्थका कारण फैलिने सरुवा रोग हो।
टाईफाईड रोग सबै उमेर समूहका व्यक्तिमा लागेको पाइए पनि विशेषगरी १५ वर्षमुनिका बालबालिकामा धेरै जोखिम हुने चिकित्सकहरु बताउँछन् ।












आजकाे माैसम: तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पुस १८ गते शुक्रवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया