चैत २५ देखि बैशाख १८ गतेसम्म टाइफाइड खोप अभियान देशभर सुरु हुँदै
१५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई टाईफाइड खोप

काठमाडौं । सरकारले बालबालिकालाई टाइफाईड रोगको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तगर्तको परिवार कल्याण महाशाखाका अनुसार १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई टाईफाईडको खोप दिने जनाएको छ ।
चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म देशैभरका बालबालिकाको लागि खोप दिने महाशाखाले जनाएकाे छ । नजिकैका खोप केन्द्रमा गएर टाईफाईडको खोप अनिर्वाय लगाउँन महाशाखाको अनुरोध छ ।
खोप लगाउँने मिति स्थानका बारेमा स्वास्थ्य संस्था, विद्यालय र वडा कार्यालयमा सम्पर्क सम्पर्क गर्न महाशाखाले जनाएको छ ।
यस खोप अभियान पश्चार्त नियमित खोप कार्यक्रममै यो खोप समाबेश गरिनेछ भने १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाईफाईड खोप दिईने महाशाखाले जनाएको छ ।
टाइफाइड खाद्यपदार्थका कारण फैलिने सरुवा रोग हो।
टाईफाईड रोग सबै उमेर समूहका व्यक्तिमा लागेको पाइए पनि विशेषगरी १५ वर्षमुनिका बालबालिकामा धेरै जोखिम हुने चिकित्सकहरु बताउँछन् ।
















अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया