वैद्यनाथ धाममा आठौं शिव साधना कार्यक्रम सुरु

अछाम । वैद्यनाथ धाममा आठौं शिव साधना कार्यक्रम आजबाट सुरु भएको छ । परम उद्धारकर्ता संकटमोचन स्वरुप गुरु मदनबाबाको सानिध्यतामा चैत १५ गतेदेखि २० गतेसम्म शिव साधना हुने आयोजकको भनाइ छ । आठौं शिव साधना कार्यक्रममा १०८ ज्योर्तिलिङ्गको प्राण प्रतिष्ठान, सवा करोड दिप प्रज्ज्वलन र महारुद्रीको समेत आयोजना हुने मदन बाबा भक्ति केन्द्रले जानकारी दिएको छ ।
इतिहासमै एकै पटक चार वटा कार्यक्रम सम्भवत वैद्यनाथ क्षेत्रमा हुने केन्द्रले जानकारी दिएको छ । साधनाको क्रममा साधकहरु प्रार्थना, ध्यान, जप, सत्सङगत र योगमा मदनबाबाले सत्मार्गमा लाग्न जीवन उपयोगी प्रवचन दिइरहेका छन् ।
साधनामा पितृहरुको उद्धार एवम् साधक साधिकामा विद्यमान रोग, दोष, विध्नबाधाबाट मुक्ति प्राप्त गर्न महारुद्री अनुष्ठान सहितको सवा करोड ज्योति प्रज्वलन पनि गरिने मदन वावा भक्ति केन्द्रका कार्यवाहक महासचिव निशा रानाको भनाइ छ ।













पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे
विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
Around 300,000 foreign tourists visit Annapurna area in 2025
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया