महिला डाक्टरको प्रतिनिधित्व गर्दै डा. प्रिती भुसाल सगरमाथा आरोहण गर्ने
मेरोन्यूज
२०७८ चैत २४ गते ९:११

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत डा. प्रिती भुसाल विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने भएकी छन् ।
आगामी हप्ताको मङ्गलबार सगरमाथातर्फ प्रस्थान गर्न लागेकी डा. भुसाललाई बुधबार अस्पतालले एक कार्यक्रमको आयोजना गरी आरोहणको शुभकामना एवं बिदाइ गरेको छ ।
सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको छ हजार ११९ मिटर अग्लो लोपुचे हिमालको सफल आरोहण गरेकी डा. भुसाल गत वर्ष सगरमाथाको आधार शिविरसमेत पुगिसकेकी छन् ।
कार्यक्रममा डा. भुसालले आफू सम्पूर्ण महिला डाक्टरको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेको जानकारी दिइन् । यसअघि पुरुष डाक्टरले सगरमाथाको सफल आरोहण गरे पनि डा.भुसाल महिला डाक्टरको प्रतिनिधित्व गर्दै पहिलोपटक सगरमाथा चढ्न लागेकी हुन् । रासस
सम्बन्धित
















भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
प्रतिक्रिया