नेपाललाई दिने एक खर्बको अनुदान लिने सरकारको निर्णय
मेरोन्यूज
२०७९ वैशाख २ गते १३:३८

काठमाडौँ । नेपाल सरकारले अमेरिकाले दिने ८० अर्बको अनुदान लिने निर्णय गरेको छ । ओकरिकी सरकारको संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी)ले दिने करिब ८० अर्बको अनुदान दिने भएको हो ।
सरकारले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमका लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेको सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
३० चैत २०७८मा मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले ६ सय ५९ मिलियन डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको बताए ।
यस्तै, विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ पनि स्वीकार गर्ने निर्णय सरकारले गरेको छ ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया