अपडेट : जीप दुर्घटनामा कांग्रेस बझाङ सभापति घाइते, माइला छाेराकाे ज्यान गयाे

बझाङ । जीप दुर्घटनामा नेपाली कांग्रेस बझाङका सभापति खड्क बोहराका माइला छोरा विनोद बोहराको ज्यान गएको छ ।
बझाङको सुर्माबाट धनगढीतर्फ जाँदै गरेको सुपप्र ०१(००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका(४ देउलेख बजार नजिकै दुर्घटना हुँदा २७ वर्षीय विनोदको ज्यान गएको प्रहरीले जनाएको छ ।
गयराति पौने १ बजे भएको दुर्घटनामा खड्क सामान्य घाइते भएका छन् । सवारी दुर्घटनामा घाइते भएकी खड्ककी कान्छी बुहारी अञ्जु बोहरालाई उपचारका लािग धनगढी रेफर गरिएको छ । घाइते खड्क, उनका कान्छा छोरा पारश तथा चालकसमेत रहेका भतिज गोकुल बोहरा र गोकुलका दुई आमा सिन्की बोहरा र रत्ना बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
उनीहरु वैवाहिक कार्यक्रममा सहभागी हुन धनगढी हिँडेका थिए । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया