नाइटिङ्गगल नर्सिङ्ग अवार्ड २०७७ बाट श्रेष्ठ सम्मानित

काठमाडौँ । नर्सिङ्ग क्षेत्रमा क्रियाशिल वरिष्ठ नर्स विमला श्रेष्ठ नाइटिङ्गगल नर्सिङ्ग अवार्ड २०७७ बाट सम्मानित भएकी छन् । अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको सन्दर्भमा हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा.लि., एनसिसिडिएफ, सघन क्रिटिकल केयर एसोसिएट्स, नेपाल भेन्टिलेटर्स सर्विसेसले संयुक्त रूपमा श्रेष्ठलाई सम्मान गरेको हो ।
श्रेष्ठलाई पचास हजार एक रुपैयाँ नगद पुरस्कारसहित नर्सिङ्ग अवार्ड २०७७ बाट सम्मान गरेको हो । यी संस्थाले हरेक वर्ष नर्सिङ्ग दिवसको अवसरमा अवार्ड प्रदान गर्ने घोषणा गरेका छन् । पहिलोपटक श्रेष्ठलाई यो अवार्ड प्रदान गरिएको हो ।
आइतबार आयोजित एक कार्यक्रममा नर्स तथा जनस्वास्थ्य अभियन्ता एवं मदन पुरस्कार विजेता राधा पौडेलले श्रेष्ठलाई सम्मान गरेकी हुन् । सम्मान प्राप्त गर्ने नर्स श्रेष्ठले तीन दशकभन्दा लामो समय नर्सिङ्ग क्षेत्रमा सेवा प्रदान गर्दै आएकी छन् ।
सम्मान ग्रहण गर्दै नर्स श्रेष्ठले आफू अवार्डबाट सम्मानित हुन पाउँदा निकै खुशी लागेको बताइन् । उनले सम्मानबापत पाएको एक लाख रूपैयाँ अइसियुमा उपचारार्थ गरिब विरामीलाई प्रदान गर्ने घोषणा गरेकी छन् ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया