नाइटिङ्गगल नर्सिङ्ग अवार्ड २०७७ बाट श्रेष्ठ सम्मानित

काठमाडौँ । नर्सिङ्ग क्षेत्रमा क्रियाशिल वरिष्ठ नर्स विमला श्रेष्ठ नाइटिङ्गगल नर्सिङ्ग अवार्ड २०७७ बाट सम्मानित भएकी छन् । अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको सन्दर्भमा हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा.लि., एनसिसिडिएफ, सघन क्रिटिकल केयर एसोसिएट्स, नेपाल भेन्टिलेटर्स सर्विसेसले संयुक्त रूपमा श्रेष्ठलाई सम्मान गरेको हो ।
श्रेष्ठलाई पचास हजार एक रुपैयाँ नगद पुरस्कारसहित नर्सिङ्ग अवार्ड २०७७ बाट सम्मान गरेको हो । यी संस्थाले हरेक वर्ष नर्सिङ्ग दिवसको अवसरमा अवार्ड प्रदान गर्ने घोषणा गरेका छन् । पहिलोपटक श्रेष्ठलाई यो अवार्ड प्रदान गरिएको हो ।
आइतबार आयोजित एक कार्यक्रममा नर्स तथा जनस्वास्थ्य अभियन्ता एवं मदन पुरस्कार विजेता राधा पौडेलले श्रेष्ठलाई सम्मान गरेकी हुन् । सम्मान प्राप्त गर्ने नर्स श्रेष्ठले तीन दशकभन्दा लामो समय नर्सिङ्ग क्षेत्रमा सेवा प्रदान गर्दै आएकी छन् ।
सम्मान ग्रहण गर्दै नर्स श्रेष्ठले आफू अवार्डबाट सम्मानित हुन पाउँदा निकै खुशी लागेको बताइन् । उनले सम्मानबापत पाएको एक लाख रूपैयाँ अइसियुमा उपचारार्थ गरिब विरामीलाई प्रदान गर्ने घोषणा गरेकी छन् ।











हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने आज अन्तिम दिन
कांग्रेस कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दै
66 days left for HoR election: EC determines spending limit for NA candidates
सप्तरीका दुई स्थानीय तहका विद्यालयमा बिदा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया