पाठ्यपुस्तक छपाईमा ढिलासुस्ती हुदाँ लाखौँ बालबालिकाको भविष्य अन्योलमा

काठमाडौं । सरकारले पाठ्यपुस्तक छपाईमा गरेको ढिलासुस्ती र हेलचेक्राँइले देशभरका माध्यामिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । जेठ ५ गतेबाट शैक्षिक सत्र शुरु हुने भएपनि पाठ्यपुस्तक छपाई र वितरण हुन नसक्दा विद्यार्थीई कसरी पढ्ने भन्ने अन्योल सिर्जना भएको हो ।
विशेष गरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको छ । तर अहिलेसम्म पनि छपाई कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकहरुमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्यौलता छाएको छ । अबका ३ महिनासम्म पनि विद्यार्थीहरुले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको प्रध्यापकहरुको बुझाइ छ ।
विश्व निकेतन माध्यामिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले सरकारले शैक्षिक क्षेत्रमा हेलचेक्राँइ गरेर लाखौँ बालबालिकाहरुको भविष्यमा अन्योल पैदा गरेको बताए । प्रधानाध्यापक कडेलले कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तकहरु नछापिएकोले विद्यार्थीहरुले पढ्न पाउने अधिकारबाट वञ्चित हुनुपर्ने स्थिति आएको बताए ।
पाठ्यपुस्तक नभएपछि पाठ्यक्रमको आधारमा पठनपाठन गर्ने र अग्रज विद्यार्थीहरुका पुस्तक मागेर नयाँ विद्यार्थीहरुलाई दिने योजना विद्यालयको योजना छ ।
तर नयाँ पाठ्यपुस्तक लागू हुने कक्षाका लागि भने विद्यालयले पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइटमा जुन सफ्ट कपि डाउनलोड गरी विद्यार्थीहरुलाई तत्कालका लागि पठनपाठनको व्यवस्था मिलाउने जानकारी दिए ।
शहरी क्षेत्रमा क्षणिक समाधानका लागि यो उपायले काम गरेपनि दूरदराजका क्षेत्रहरुमा यो उपाय सही साबित हुन सक्दैन ।
जसकारण पनि शिक्षविद्हरुले आगामी दशैँसम्म दुर्गमका विद्यार्थीहरुले पाठ्यपुस्तक बिना नै अध्ययन गर्नुपर्ने बाध्यता रहेकोप्रति सरकार गम्भीर बन्न सुझाएका छन् ।
प्रधानाध्यापक कडेलले कक्षा ४, ७ र ९ को नयाँ किसिमको पाठ्यपुस्तकहरु लागू भएकोले यी कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई अध्यापन गराउन समस्या भएको बताए ।
सरकारले यो वर्ष निर्वाचन हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि पाठ्यपुस्तक छपाईमा हेलचेक्राँइ गरेको उनको आरोप छ ।
यस वर्ष जतिसक्दो चाँडो पाठ्यपुस्तक छपाउने र आगामी वर्षमा समयमै विद्यार्थीहरुको हातमा पुस्तक पर्ने गरी काम गर्न पनि आग्रह गरे ।
‘सबैलाई २०७९ वैशाखमा निर्वाचन हुन्छ भन्ने त थाहा नै थियो । किनभने यो निर्वाचनको वर्ष हो । यही वर्ष नै प्रदेश र संघको पनि निर्वाचन हुँदैछ । निर्वाचन हुने बेलामा मतपत्र छाप्नुपर्छ भन्ने त थाहा थियो । सरकारले ठोस योजना नगरेर कम प्राथमिकता दिएको जस्तो देखिएको छ । विद्यार्थीहरुको हातमा पाठ्य पुस्तक ढिलो दिएपनि हुन्छ भनेर सरकार जिम्मेवारीबाट पन्छिएको जस्तो हामीले महशुस गरेका छौँ,’उनले भने ।
प्रधानाध्यापक कडेलले सरकारले जनक शिक्षा सामग्रीलाई दबाव दिएर भएपनि पाठ्यपुस्तक चाँडो छपाउने र विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पाउने स्थिति सिर्जना गर्न आग्रह गरे ।
















वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया