झापामा दश महिनामा बलात्कार घटनामा ८६ अभियुक्त पक्राउ

झापा । विगत १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७८÷७९ को १० महिनामा सबैभन्दा बढी जबर्जस्ती करणीका ७२ जाहेरी परेका छन् ।
ती घटनामा ५६ अभियुक्त पक्राउ परिसकेका छन् । सोही अवधिमा बाल यौन दुराचारका १९ र जबर्जस्ती करणी उद्योगका १३ घटना भएका छन् ।
बाल यौन दुराचारका १७ र जबर्जस्ती करणी उद्योगका १० अभियुक्त पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
बलात्कृत हुनेमा चार वर्षीया बालिकादेखि ६० वर्षीया वृद्धासमेत छन् । पछिल्लो समय बाल यौन दुराचारका घटना बढेका छन् । अधिकांश बलात्कारका घटनामा प्रायः परिवार, नातागोता, शिक्षक र छरछिमेकी अभियुक्त पाइएको पाठकले बताए । ‘अधिकांश घटना नजिकका आफन्तबाट भएका देखिन्छन्’ उनले भने । यस्ता आपराधिक क्रियाकलापमा पढेलेखेका र समाजमा पहिचान बनाएका व्यक्तिको समेत संलग्नता पाइएको छ । बलात्कारका घटनाका २० अभियुक्त अझै फरार छन् ।
















वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध
शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया