बलिउड गायक केकेको निधनमा उजुरी दर्ता

मुम्बई । बलिउडका लोकप्रिय गायक कृष्णकुमार कुन्नथ (केके) को मंगलबार निधन भएपछि उनको मृत्युको मामिलामा न्यु मार्केट थानामा प्रहरीले असामान्य मृत्युको कारण जनाउँदै उजुरी दर्ता गराएको छ । प्रहरीका अनुसार केकेको अनुहार र टाउकोमा चोटको निशान देखिएको छ ।
प्रहरीले यो मामिलामा होटलका कर्मचारी र कन्सर्ट आयोजकसँग सोधपुछको तयारी गरेको छ । केकेले कोलकाताको उल्टाडाँगामा रहेको गुरुदास महाविद्यालयको नजरुल मञ्चमा लाइभ कन्सर्ट गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार मञ्चमा उपस्थित हुँदादेखि नै केकेले अस्वस्थ अनुभव गरिरहेका थिए ।
उनी पाँच तारे होटलमा जानेक्रममा त्यहाँको सिँढीमा लगेका थिए । त्यसपछि उनलाई कोलकाताको एक निजी अस्पताल सीएमआरआईमा लगिएको थियो, जहाँ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
कन्सर्टको व्यवस्थापनमाथि अडिटोरियमा आवश्यकताभन्दा बढी भीड र अव्यवस्थित बनाएको आरोप लागेको छ । अडियटोरियमको क्षमता २५ सयदेयिख तीन हजारको भए पनि त्यहाँ दर्शकको उपस्थिति त्यो भन्दा बढी रहेको थियो । अडिटोरियममा टिकट नभई पासको माध्यमबाट प्रवेश दिइएको थियो ।
प्रहरीले अहिले होटलको सीसीटीवी फुटेजको अनुसन्धान गरिरहेको छ । केकेको कोलकाताको सुपर स्पेसलिटी अस्पतालमा एसएसकेएममा पोस्टमार्टम हुँदैछ । यसपछि मात्र उनको निधनको वास्तविक कारण खुल्नेछ ।
















अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
Demolition of illegal huts begins at Manohara
सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति
भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया