‘नेपाल राष्ट्र बैंकका कर्मचारीको सेवा-सुविधामा थप ध्यान दिइने’

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको विनियमावली बनाउँदा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिइने बताएका छन् ।
बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले बनाउने विनियमावलीमा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासमा ध्यान दिइने बताएका हुन् । उनले विगतमा भएको व्यवस्थामा घटेर नआउने बरु अझ राम्रो भएर आउने बताए ।
‘केही विनियमसँग सम्बन्धित कुरा बाँकी छन्, जसको लागि सबै युनियनको फिडब्याकसहित विनियमको ड्राफ्ट बनिसकेको छ र हामी सञ्चालक समितिमा छलफलको प्रक्रियामा छौँ, त्यहाँभित्र पक्कै वृत्ति विकासलगायत कुरा र केही करेक्शनका कुराहरु, अनुभवको आधारमा गर्नुपर्ने करेक्शन छन्,’ उनले भने, ‘धेरै ठूलो संशोधन पनि छैन, हामी यसमा गहन मन्थनमा छौँ, म यत्ति कुरो यहाँहरुलाई राख्न चाहान्छु, हामीले पास गरिराख्ने संशोधन रिग्रेसिभ हुने छैन, पहिलेको जुन विनियमावली छ, त्योभन्दा कुनै सेवा, सुविधा अथवा कुनै किसिमका वृत्ति विकासका व्यवस्था घटेर आउने छैन, आशा गरौँ त्यो राम्रो हुनेछ । सकारात्मक हुने छ ।’
उनले राष्ट्र बैंकमा सुशासन कायम गर्न वर्तमान व्यवस्थापन दत्तचित्त भएर लागेको उल्लेख गरे । बैंकका कर्मचारीले गलत काम नगरेको भन्दै उनले कसैले गलत काम गरे प्रमाणसहित जानकारी दिन आग्रह गरे ।















युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प
यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
निर्वाचनका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द गरिने
दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा फराकिलो मतान्तरले विजयी
प्रतिक्रिया