युक्रेनको २० प्रतिशत भूभाग रूसको कब्जा भएको दाबी
मेरोन्यूज
२०७९ जेठ १९ गते २१:३६

काठमाडौँ । रूसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको युक्रेनले दाबी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले यस्तो बताए ।
उनले भने, ‘हाम्रो कुल भूभागको झण्डै २० प्रतिशत भूभाग रूसले कब्जा गरेको छ ।’ देशको पूर्वी सीमा क्षेत्रमा पृथकतावादीले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको उनको भनाइ छ ।
युक्रेनमा लामो समयदेखि आन्दोलनरत पृथकतावादीलाई पहिले पनि रुसको सहयोग र समर्थन रहेको युक्रेनले आरोप लगाउँदै आएको छ ।
लक्जम्बर्गमा सांसदलाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेनेस्कीले आफ्नो भूमि रक्षाका लागि आफूहरु सधैँ संघर्ष गरिरहनु पर्ने बताए । उनले निराश नहुन र कुनै पनि हालतमा पछाडि नहट्न सबैलाई आग्रह गरे ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया