डिजीटल भुक्तानी सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री कार्की

काठमाडौं । नेपाल सरकारका प्रवक्ता तथा सुचना सञ्चार तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले डिजीटल भुक्तानी सरकारको प्राथमिकतामा बताएका छन् ।
साथै, सरकारले यसलाई बढावा दिदैं आएको पनि उनको भनाइ छ । शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमााडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै कार्कीले डिजीटल भुक्तानी सरकारको प्राथमिकता रहेको बताएका हुन् ।
यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समट्ने मन्त्री कार्कीको भनाइ थियो । यसका साथै यस कार्यक्रमले डिजीटल नेपाल फेर्मवर्क कार्यक्रममा समेत सघाउन पुग्ने उनले बताए ।
मैले यो मन्त्रालयको जिम्मेवारी लिएपछि यस्ता धेरै कार्यक्रममा सहभागी भएको छ । यस कार्यक्रम सम्बन्धमा अहिले जुन किसिमको उत्साह छ । यो कार्यक्रम अवधीभर मात्र नभएर सधैं भरी कायम गर्नुपर्छ,’ उनले भने ।

उनले यस कार्यक्रमलाई दिगो आर्थिक विकासमा पनि रुपान्तरण गर्नुपर्ने बताए । साथै, यस्ता कार्यक्रमबाट समाज प्रत्यक्ष रुपमा लाभान्वित पनि उनले बताए । यस्तै, सुचना प्रविधिको विकास विना मुलुकको विकास समेत असम्भव भएको बताउँदै उनले सुचना प्रविधिमा समाजकासबै तप्कालाई सँगै लिएर जानुपर्ने बताए ।
यस्तै, दुर दराजका क्षेत्रमा समेत सुचना प्रविधि पहुँच पुर्याउन सरकारले सहयोग गर्ने बताए । यस्तै, सचुना प्रवधीको पहुँच सबै नागरिकमा पुर्याउन पनि सरकारले इन्टरनेटको शुल्क घटाएको मन्त्री कार्कीको भनाइ थियो ।
साथै, यसलाई अझ सस्तो, गुणस्तीय बनाउन पनि सरकार सकरात्मक रहेको उनले बताए । समग्रमा उनले सुचना प्रविधिको प्रयोग बढाउने बिषयलाई सरकारको उच्च प्राथमिकता राखिएको पनि बताए ।













कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
छापियो १० लाख नमुना मतपत्र
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया