वायुसेवा सञ्चालक संघको स्पष्टिकरण
काठमाडौँ । वायुसेवा सञ्चालक संघ, नेपालले एकल इञ्जिन भएका हेलिकप्टरमा दुई पाइलट राख्नु पर्ने व्यवस्था उत्पादनकर्ताको डिजाइन, उद्देश्य र अन्तर्राष्ट्रिय प्रचलनको प्रतिकूल हुने बताएको छ ।
संघका प्रवक्ता योगराज कँडेलले आज प्रकाशन गरेको विज्ञप्तिमा संघ तथा संघका सदस्य वायुसेवा कम्पनी उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा अत्यन्त संवेदनशील रहेकाले प्राधिकरणको प्राविधिक टोलीले हवाई सुरक्षाका लागि दिने उपयुक्त र सान्दर्भिक सुझावअनुसार नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त हुने निर्देशन पूर्ण पालनाका लागि संघ प्रतिबद्ध रहेको पनि उल्लेख छ ।
यसै सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरी अध्ययन गरिरहेका अवस्थामा संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई उदृत गरी आज प्रकाशित ‘हेलिकप्टरमा दुई पाइलट राख्न असम्भव’ शीर्षकको समाचारको सो संघले खण्डन गरेको छ ।
विज्ञप्तिमा भनिएको छ ‘हालका दिनमा संघबाट भए गरेका कामको केही सीमित व्यक्ति तथा समूहबाट आफ्नो स्वार्थ परिपूर्तिका लागि नकारात्मक रुपमा टीकाटीप्पणी गरी भ्रम फैलाउने कार्य भइरहेकाले संघको आधिकारिक धारणा नआएसम्म यस्ता भ्रमपूर्ण समाचारमा विश्वास नगरिदिनु हुन सम्बन्धित सबैमा संघ अपिल गर्दछ ।’


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया