बस दुर्घटना अपडेट: मृत्यु हुने नौ जनामध्ये चार जनाको पहिचान खुल्यो
मेरोन्यूज
२०७९ जेठ २२ गते ९:०५

बुटवल । रुपन्देहीको रोहिणीमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका नौ जनामध्ये चार जनाको पहिचान खुलेको छ। बाँकी पाँच जनाको पहिचान खुलेको छैन।मृत्यु हुनेमा बुटवलको योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीया दिनेश दास, रूपन्देहीकै ओमसतिया गाउँपालिका ४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार बिहान करिब साढे ४ बजे लु २ ख ३८४१ नम्बरको जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको परासी- भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना भएको थियो ।दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएका थिए ।
सम्बन्धित
















सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
प्रतिक्रिया